कोरोनाको द्रुत परिक्षण स्थानीयतहबाट गरिदै

जैतुन अनलाइन | 2020-04-17

बैशाख ५ दुनै : डोल्पामा कोरोना भाईरस (कोभिट–१९) द्रुत परिक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परिक्षण स्थानीयतहबाट सूरु गरिने भएको हो ।
कोरोना आरडिटी परिक्षण किड १४० थान मलेरीयाको किड १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर जिजन रावलले जानकारी दिए ।
रावलले भने स्वास्थ्य बिभागले पहिला बिदेशबाट आएकाहरुको परिक्षण गर्न निर्देशन दिएकोले पहिला बिदेशबाट आएकाहरुको परिक्षण गरिने तर कुन स्थानीयतहमा कति आएका छन भन्ने बिवरण जिल्लामा नआएकोले परिक्षण सूरु नभएको बताए ।
जिल्लाको मुड्केचुला गाँउपालिका र जगदुल्ला गाँउपालिकामा केहि तथ्याङ्क भएकोले डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली सम्बन्धीत स्थानीयतहमा गएर कोरानाको द्रुत परिक्षण गरिने स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
बिदेशबाट आएकाको कोरोना परिक्षण गरिने र जिल्लामा क्वारेन्टिनमा रहेका र केहि लक्ष्याण देखा परेकाहरुलाइ पहिला परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
उनले भने जिल्ला अस्पतालमा पनि कोरोनाका द्रुत परिक्षण हुने तर सके सम्म स्थानीयतहमा डाक्टरहरुको टिम नै गएर द्रुत परिक्षण गर्ने बताए ।
जिल्लामा तिनहजार भन्दा धेरै मानिसहरु भित्रिएको भएपनि कुन स्थानीयतहमा कति जना बिदेशबाट आए भन्ने तथ्याङ्क जिल्लामा छैन । भारतबाट आएका धेरै जसो माथिल्लो डोल्पामा गएका छन तर यतिबेला माथिल्लो डोल्पामा परिक्षण गर्न भने निकै सम्भाबना कम छ ।