लेखक : योगेन्द्र बुढा
गैह्र काष्ठ वन पैदावार र हामी
चिरान काठ बाहेकका कृतिम वा प्राकृतिक पारिस्थितिक प्राणलीबाट प्राप्त गर्न सकिने र सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक महत्व भएका सम्पुर्ण जैविक श्रोतहरुलाई गैह् काष्ठ वन पैदावार भनिन्छ । यि पदार्थहरुमा पुरै विरुवा वा वनस्पतिका विभिन्न भागहरु ज्स्तै जरा, पात, बोक्रा, फल, बिऊ, खोटो, चोप, तेल इत्यादि पर्दछन । गैह् काष्ठ वन पैदावरमा विशेष गरि जडिबुटी (औषधिजन्य वनस्पति तथा एरोमेटिक जन्य वनस्पतिहरु पर्दछन ।
मानव जिवनमा गैह्र काष्ठ वन पैदावारको महत्व परापूर्वकाल देखिनै रहँदै आएको छ । मानवको सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा गैह्र काष्ठ वन पैदावारको भुमिका अहम रहँदै आएको भएता पनि विगतका केहि दशकदेखि मानव समुदायले यसलाई विकासको सहयोगी र आर्थिक उपार्जनको क्षेत्रका रुपमा अगाडी बढाएकाछन । यस संगै गैह्र काष्ठ वन पैदावरको उपयोगले अन्य काठ जन्य वन पैदावरको उपयोगको तुलनामा अत्यन्त कम वातावरणीय प्रभाव पर्ने भएकाले समेत यसलाई विकासको सहयोगीका रुपमा लिने गरिएकोछ ।
गैह्र काष्ठ वन पैदावारको भुमिका मुख्य गरेर नेपालको हिमाली क्षेत्रमा उच्च रहेको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने ग्रामिण भेगका जनसंख्याको ठुलो हिस्सा विभिन्न भोजन, पोषण, औषधी, डालेघाँस, मसला। रंगरोगन, तेल, सौन्दर्यका सामान, निर्माण सामाग्रि आदिका लागि भरपर्ने गर्दछन । यसै गरि कतिपय गैह्रकाष्ठ वनपैदावरहरु संकलन तथा उत्पादन गरि विक्रि वितरण गरेर जिविकोपार्जन गर्नेहरुको संख्या पनि धेरै नै रहेकोछ । नेपालका विभिन्न क्षेत्रमा करिव १८०० भन्दा बढि ग्रैह काष्ठ वन पैदावरहरु आषधोजन्य जडिबुटीको रुपमा उपलब्ध छन । विकासशिल देशहरुमा औषतमा ८० प्रतिशत भन्दा बढि मानिसहरु प्राथमिक औषधी तथा पोषणका लागि गैह्र काष्ठ वन पैदावरमा भर पर्दछन । साथै यी वनपैदावरहरु विकासशिल देशका बासिन्दाहरुको प्राथमिक आयआर्जनका श्रोतहरु हुन । यसर्थ यी वनपैदावारहरुको उचित तथा वैज्ञानिक व्यबस्थापन गर्न सकोको खण्डमा यसले दिगो आयआर्जनको श्रोत तयार गर्नका साथै विकासको गतिमा तिब्रता दिन सहयोग पुर्याउनेमा दुईमत छैन ।
डोल्पा समेत लगभग ४०० किसिमको जडिबुटीहरु पाइन्छन् । जिल्लामका सम्पुण वन क्षेत्रहरुमा प्राकृतिक रुपमा विभिन्न किसिमका बहुमुल्य तथा बहुउपयोगी जडिबुटीहरु पाईने भएता पनि सम्पुण जडिबुटीहरुको पहिचान हुन सकेको छैन तथा धेरै थोरै जडिबुटी मात्र संकलन तथा बजारिकरण भएका छन ।
डोल्पा जिल्लामा उपलब्ध जडिबुटीहरुमध्ष् औषतमा बर्षमा ३५ किसिमका जडिबुटीहरूमात्र संकलन गरी निकासी गर्ने गरेको तथ्य जिल्ला वन कार्यालयको रेकर्डबाट देखिन्छ । यहाँ पाइने मुख्य तथा वहुमूल्य किसिमका जडिबुटीहरूमा यार्सा, जटामसी, सुगन्धवाल, लौठ सल्ला, चिराइतो, सिलाजित, गुच्छिच्याउ आदि पर्दछन । यी मध्ये सबैभन्दा बढी मूल्य भएको यार्सागुम्बा दुनै, छार्का, तिन्जे, लावन, मुकोट, माझफाल, मुकोट, शहरतारा गाविसहरुमा पाइन्छ । विशेषगरि यार्शागुम्वा तथा अन्य बहुमुल्य जडिबुटीहरुको संकलन तथा विक्रिवितरण गरेर डोल्पालीले समेत आफ्नो आम्दानीको श्रोतलाई मजवुद बनाउँदै गएकाछन । अझ विशेषगरि यार्शागुम्वाको संकलन र विक्रिवितरणबाट एकातर्फ जनताको आयआर्जनमा उल्लेख्य बृद्धि भएको छ भने अर्को तर्फ राजश्वमा समेत बृद्धि भएको छ । स्थानिय स्तरमा भएका सामुदायीक वनहरुले संकलनकर्ताहरुबाट प्रवेशशुल्क उठाएर स्थानिय स्तरमा विधुत तथा अन्य विकास निर्माणमा लगानी गरि प्रत्यक्ष लाभ लिएकाछन ।
विकासशिल देशहरुमा रोजगारी तथा आयआर्जनका श्रोतहरुको उपलब्धतता कम भएको र राज्यको जनसख्याको ठुलो हिस्सा बेरोजगार रहेको अबश्थामा ग्रैह्र काष्ठ वनपैदावरले केही हदसम्म भएता पनि रोजगारी सृजना गरि आम्दानीको श्रोतको अमुल्य हिस्सा बनेको छ । यस्ता बहुमुल्य तथा बहुउपयोगी वनपैदावरहरुको न्यायोचित व्यबस्थापना गर्न सकेमा आम्दानीको श्रोत मजबुद बन्ने मात्र हौइन देशले उलेख्य रुपमा जडिबुटीजन्य उत्पादनहरु निर्यात गरि प्रशस्त विदेशि मुद्रा आर्जन गर्न सक्छ साथै स्थानिय स्तरदेशि क्षेत्रिय स्तरसम्म विभिन्न साना तथा ठुला प्रशोधन उद्योगहरु स्थापना गरि जनसख्याको ठुलो हिस्सालाई स्थायी रुपमा रोजगारी समेत दिन सकिन्छ ।
नेपालमा गैह्र काष्ठ वन पैदावरहरुको संरक्षण र व्यबस्थापनका लागि विभिन्न तत्वहरु चुनौतिका रुपमा रहेका छन । अबैज्ञानिक ढंगबाट गैह्र काष्ठ वन पैदावरहरुको संकलन, वन विनाश, आगलागि, अति चरिचरण, भु–क्षय, नीतिगत समस्याहरु आदिले गर्दा गैह्र काष्ठ वन पैदावरहरुका उचित व्यबस्थापन हुन सकेको छैन र यसबाट देशले सोचेअनुसारको उपलब्धी पनि हाँसिल गर्न सकेको छैन । यसैगरि स्थानिय संकलनकर्ताहरु आफ्नो जिवननिर्वाह गर्न प्रत्यक्ष रुपमा गैह्र काष्ठ वन पैदावरहरुमा निर्भर रहने र बढीभन्दा बढी संकलन र विक्रि वितरण गर्ने गरेकाले यस्ता वनपैदावारहरुको ह्रास दिन प्रतिदिन भइरहको छ । यसैगरि बढ्दो व्यापारीक चापले गर्दा स्थानिय संकलनकर्ताहरुलाई बढिभन्दा बढि संकलन गर्न उस्काईरहेको र यी गैह्र काष्ठ वन पैदावरहरु मध्य लगभग सबै प्रजातीहरु प्राकृतिक वन बाट नै संकलन गरिने हुँदा वन पैदावरहरु विस्तारै लोप हुने र उत्पादनमा ह्रास आउने क्रम जारी छ ।
गैह्र काष्ठ वन पैदावरहरुको पारिस्थितिक र सामाजिक अबस्था तथा यिनको दिगो संकलनको संभावनाका बारेमा ठोस वैज्ञानिक ज्ञानको अभाव रहेको छ । दिगो संकलन, उपयोग, व्यापार र व्यवस्थापनका लागि आबश्यक बृहत नीति, नियम तथा उचित संस्थागत व्यवस्थापनको कमिले गर्दा पनि गैह्र काष्ठ वन पैदावरहरुको अवस्था दिनानुदिन खस्कदै छ । ंसंकलनको अत्याधिक चाँपले गर्दा नेपालमा पाईने कँयौ महत्वपूर्ण प्रजातिहरुको विविधता, गुर्ण तथा उत्पादनमा ह्रास आई कतिपय गैह्र काष्ठ वन पैदावरहरु लोभ हुने अबस्थामा पुगिसकेका छन । यसले गर्दा स्थानिय संकलनकर्ताहरु विशेषगरि महिला, पिछडिएको वर्ग, सिमाान्तकृत वर्ग, आदिवासी आदिको जिविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।
धेरैजसो गैह्र काष्ठ वन पैदावरहरुको संकलन अबैज्ञानिक छ । प्रायजसो संकलनकार्यहरु विरुवा परिपक्क हुनभन्दा पहिला अर्थात फल र फुल परिपक्क हुन भन्दा पहिलानै गर्ने साथै जरा पुराका पुरा निकाल्ने गर्दा यसले प्रत्यक्ष रुपमा पुनरुत्पादनमा असर पर्ने र दिगो रुपमा गैह्र काष्ठ वन पैदावरहरुको उत्पादनमा ह्रास हुने कुरामा दुईमत छैन । एकातार्फ परिपक्क नभएका जडिबुटीहरु संकलन गर्दा संकलनकर्ताहरुले वास्तविक मुल्य नपाउने र उनीहरुमा अन्याय हुने देखिन्छ भने अकोतर्फ स्थानिय स्तरमा वाह्य व्यापारीहरुको वर्चस्वता भई स्थानिय व्यापारी तथा संकलनकर्ताको शोषण समेत हुने देखिन्छ । यसरी अबैज्ञानिक संकलन तथा व्यबस्थापनले गर्दा दिगो रुपमा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानव विकासमा असर गर्ने देखिन्छ । स्थानिय संकलनकर्ताहरुमा संकलन ज्ञानको कमि, संकलन पश्चातको व्यबस्थापनको सीपमा कमि तथा अन्य विभिन्न सामाजिक र आर्थिक कारणले गर्दा गैह्र काष्ठ वन पैदावरहरुको वास्तविक मुल्य भन्दा अतिनै कम मुल्य पाउने गरेकाले उनीहरु बढी आम्दानी गर्नका लागि पनि वनको क्षमता भन्दा पनि बढी संकलन गर्न बाध्य भएकाछन ।
नेपाल सरकारले गैह्र काष्ठ वन पैदावरहरुको व्यबस्थापनका लागि विभिन्न किसिमका नीति तथा कानुनहरु तथा रणनीतिहरु त्यार गरेको र लागु गरेको भएतापनि यिनिहरुको प्रभावकारी कार्यान्वयन नभएकाले देशले उल्लेख्य रुपमा उपलब्धि हाँसिल गर्न सकेको छैन । यसर्थ उपलब्ध नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गरि गैह्र काष्ठ वन पैदावरहरुको व्यबस्थापन मा उल्लेख्य कार्य गर्न आबश्यक छ । नेपाल सरकारले समेत विभिन्न वहुमुल्य र वहुउपयोगी जडिबुटीहरको व्यवस्थापनका लागि बार्षिक बजेटहरुमा समेत उल्ले गर्दै कार्यान्वयन गरिरहेकाले प्राकृतिक रुपमा पाईने सम्पुण गैह्र काष्ठ वन पैदावरहरुको प्राकृतिक रुपमा उचित व्यबस्थापन गर्न तथा व्यबसायीक रुपमा खेति विस्तार गरि दिगो आम्दानीको श्रोत निर्माण गर्न आबश्यक रहेको छ ।
गैह्र काष्ठ वन पैदावरहरुको समुचित व्यबस्थापनद्धारा स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार्नु आजको आबश्यक्ता रहेको छ । यस कार्यका लागि गैह्र काष्ठ वन पैदावरहरुको दीर्घकालीन उपलब्धता तथा तिनको अस्तित्वको सुनिश्चितताको प्रत्याभुति गर्न दिगो संकलन पद्धतिको विकास गरि कार्यान्वयन गर्न जरुरी देखिन्छ । स्थानिय संकलनकर्ता देखि यस संग सरोकारवालाहरु सबैमा उचित व्यबस्थापनको ज्ञान हुन आबश्यक छ । क्षेत्र अनुसारको गैह्र काष्ठ वन पैदावरहरुको व्यबस्थापन गर्न आबश्यक रहेको छ । स्थानिय संकलनकर्ताहरुलाई व्यबस्थिति संकलनका लागि ज्ञान प्रादन गदै विभिन्न गैह्र काष्ठ वन पैदावरहरुको खेती समेत विस्तार गर्न आबश्यक छ । यसले गर्दा विभिन्न कृषकहरुको आम्दानीमा बृद्धि हुनका साथै जमिनको समेत उचित प्रयोग र व्यबस्थापन हुने देखिन्छ भने देशले राम्रो आम्दानीको श्रोतलाइ कायम राखि विकासमा तिब्रता दिन सक्नेछ ।