डोल्पाबाट सुत्केरी नेपाली सेनाको हेलीकप्टरबाट उद्धार

जैतुन अनलाइन | 2020-04-16

बैशाख ४ दुनै : डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गर्भवतीका आफन्तले डाक्टरलाइ बिश्वास नगरेपछि हेलिपक्टरबाट सुर्खेत लगिएको हो । जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका ७ बर्ष २० की बिपना रोकायालाइ जिल्ला प्रशासन डोल्पाको पहलमा सुर्खेत क्षेत्रिय अस्पताल लगिएको छ ।
डाक्टरले गर्भवती रोकायाको पेटमा रहेको बच्चा उल्टो रहेकोले शल्यक्रिया गर्नुपर्ने भनेपछि आफन्तले गर्भवतीको जिम्मा लिएर मात्रै शल्यक्रिया गर्नदिने अडान राख्दा जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
रावलले भने जिल्ला अस्पतालमा शल्यक्रियाको लागि सबै तयारी थियो तर गर्भवतीको जिम्मेवारी लिएर कहिपनि शल्यक्रिया हुदैन त्यसैले शल्यक्रिया भएन । गर्भवतीका आफन्तले हामीलाइ बिश्वास गरेनन आफै शहरमा लैजाने निर्णय गरेका हुन । जिल्ला अस्पतालले रेफरको लागि कुनैपनि आधिकारीक पत्र दिएको छैन ।

बिरामीका आफन्तले नै उद्धारको लागि पहल गरेका होलान तर शल्यक्रिया डोल्पामा नै हुन्थ्यो डाक्टर रावलले भने । उनले भने अहिले सम्म जिल्ला अस्पतालमा दर्जनौ शल्यक्रिया सफल भएका छन तर शल्यक्रिया गर्दा कुनैपनि अस्पतालमा डाक्टर र अस्पातलले बिरामीको जिम्मा लिदैन डाक्टर सिजन रावलले भने। एनेस्थेसिया र गाइनेक्लोजिष्ट छन जनशक्ति छ तर बिश्वास गर्ने नगर्ने कुरा नागरिकमा भर पर्छ हामीले दिनुपर्ने सेवा दिएका छौ यदि नसिकएमा हामि सबैसँग छलफल गरेर मात्रै रेफर गर्छौ डाक्टर रावलले ठोकुवा गरे।
गर्भवतीका आफन्त र स्वास्थ्यचौकि त्रिपूराकोटको अनुरोधमा एक आमा र बच्चाको ज्यान जोगाउन उद्धारको पहल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारे जानकारी दिए । उनले भने अकालमा ज्यान जान दिनु भएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरि सुर्खेत पठाइएको हो ।
हाल सम्म डोल्पाबाट मात्रै यस बर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १५ जनाको उद्धार भैसकेको छ । त्यस मध्य दुईजनाको भने मृत्यू भएको हो । उकरण अभाबकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ ।