काठमाडौँ : नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनिया कम्पनी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ ।
नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो ।
कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ । मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँदरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो ।
५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।