ठुलीभेरी नगरपालिकामा राहात बितरण ६ नम्बर वडाका १३० घरपरिवारलाइ राहात

जैतुन अनलाइन | 2020-04-15

बैशाख ०३ दुनै : डोल्पामा राहात बितरणको काम सूरु गरिएको छ । ठुलीभेरी नगरपालिकाका बिभिन्न वडाहरुमा राहात बितरण सूरु गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ६ मा १३० बिपन्न घरपरिवारलाइ राहात बितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए ।
अध्यक्ष बुढाका अनुसार प्रतिघरपरिवार ३० केजि चामल,एक पोका तेल र दुई पोका नुन बिपन्न तथा दलित घरपरिवालाइ बितरण गरिएको बताए ।
बिद्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै एकमुष्ट रुपमा बितरण गरिएको वडा सदस्य मानबहादुर बुढाले जानकारी दिए ।
उनले भने दलित परिवार धेरै छन जो दैनिक ज्यालामजदुरी गरेर छाक टार्छन त्यसैले सबैभन्दा धेरै समस्यामा दलित परिवारहरु रहेका छन ।
नेपाल सरकारले अनुदानमा दिने खाद्यान्नको चामल वडाले खरिद गरेर बिपन्न तथा दलित घरपरिवारलाइ बितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए ।
उनका अनुसार नगरकार्य पालिकको बैठकले पारित गरेको राहात बितरण तथा ब्यवस्थापन कार्यबिधि अनुसार नगरपालिका भित्रका सबै वडामा राहात बितरण भै रहेको बताए ।
सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खानकोहरुको चुलो बल्न समेत धौधौ भएको बेलामा नगरपालिकाले राहात गाँउमै पुर्याएर बितरण गर्न थालेको हो ।
हाल सम्म ठुलीभेरी नगरपालिकाका वडा नम्बर ५,६,७,८ र ९ मा मात्रै राहात बितरण भएको वडाअध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार अन्य वडामा पनि अध्यक्षहरु लागि रहेको तर केहि ढिला भने भएको बताए । उनले भने वडा भित्रको कुनैपनि नागरिक भोकै बस्ने अबस्था आउने छैन नगरपालिका लागि रहेको छ ।
त्यसैगरि काईके गाँउपालिका,जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिकाले समेत राहात बितरणका काम थालेका छन । खाद्यान्नको चामल,नुन,तेला र साबुन राहातका प्राथमिकता हुन ।
यता सदरमुकाम रहेको ठुलीभेरी नगरपालिकाको दुनैमा भने राहात बितरणमा ढिलाइ भै रहेको छ । राहातमा पनि आफनो पराइ बनाएको भन्दै एक यूवतिले दुख ब्यक्त गरिन ।
सदरमुकाममा बाहिरबाट आएर भाडामा बसोवास गर्ने धेरै रहेको र त्यस मध्यपनि कामदार अर्थात ज्यालमजदूरी गर्ने धेरै रहेका छन ।