युवाले बाँडे १९१ घरधुरीलाई निशुल्क मास्क र सावुन

जैतुन अनलाइन | 2020-04-15

रामचन्द्र न्यौपाने बैशाख ०३ त्रिपूराकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ९चुँगाउँका युवाहरुले आफ्नो वडामा निशुल्क मास्क र साबुन बितरण गरेकाछन् ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड–१९)को प्रकोपबाट पुर्व सतर्कताकालागि १ सय ९१ धरधुरीलाई निशुल्क मास्क र साबुन बितरण गरिएको हो ।
स्थानीय युवा धनप्रसाद बुढा,अमिस बुढा र सुक बहादुर बुढाले संयुक्त रुपमा रकमउठायर सर्वसाधारणकालागि मास्क र सावुनखरिद गरि बितरण गरेको वडाकार्यालयले जनाएको छ ।
कोभिड–१९ जस्तो महामारी बिरुद्ध लड्न गाउँका १ सय ९१ घरधुरीमा साबुन र ६ सय ५८ मास्क निशुल्क बाँडेको युवा धनप्रसाद बुढाले जानकारी दिए ।
“गरिबिका कारण गाउँका कतिपय सर्वसाधारणले साबुन र मास्कको प्रयोग गर्न पाएका थिएनन्,हामिले बितरण गरिसकेपछि खुशि हुँदै नियमित मास्क लगाउने र साबुनले हातधुनुका साथै सरसफाई गर्ने बाचा गरे”बुढाले भने ।
विपतको घडिमा आफु पनिबचौँ र अरुलाई पनि बचाउँ भन्ने अभिप्रायले युवाहरुले मास्क र साबुनबाँडेर उदाहारणीय काम गरेको जनप्रिय आधारभुत बिद्यालयका प्रधानाध्यापक गमबहादुर बुढाले बताए ।
स्थानीय युवाहरुले नमुनाकाम गरेको भन्दै वडाकार्यालयले धन्यवाद समेत दिएको छ । स्थानीय सरकार भन्दा पहिला यूवा तथा नागरिकहरु नै लागेका छन जनचेतना जोगाउन ।