डोल्पा बैशाख ०३ काेराेना कहर र यार्चागुम्बु सिजन ।।
अहिले विश्वभर महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस अर्थात काेभिड-१९ ले सारा मानवजाति त्रसित छ । यसबाट वच्न र बचाउनका लागि सारा मुलुक अहाेरात खटिएका छन् र सम्पुर्ण नागरिक अत्यन्तै सजग र सावधान बनिरहेका छन् । हालसम्म काेराेना संक्रमणकाे अाैषधाेपचार पत्ता लागिनसकेकाे हुँदा अधिकांश देशले मुलुकलाई लक डाउन अर्थात बन्दाबन्दी गरेका छन् । मानिस-मानिसविच सामाजिक दुरी कायम गर्न गराउन र संकरमणकाे जाेखिम जतिसक्दो न्यून गर्न उत्तम उपायकाे रुपमा लकडाउनलाई नै अबलम्बन गरिएकाे छ । जाे नेपालले पनि गरेकाे छ ।
गत चैत्र ११ बाट नेपालमा पनि लकडाउन शुरु भयाे । चरणचरण गर्दै बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय नेपाल सरकारले गरिसकेकाे छ ।सारा संसार झैं हाम्राे देश पनि अहिले काेराेना भाईरस संक्रमण राेकथाम र व्यवस्थापनका लागि लकडाउनका अलावा मुलुकभर क्वारेन्टाइन, अाईसाेलेसन र उपचार कक्ष निर्माणमा लक्षित छ । अरु सबै काम ठप्प पारेर काेराेनाबाट मुलुक र नागरिकलाई कसरी जाेगाउने भनेर सरकार र समस्त पक्ष लागिपरिरहेका छन्। सम्पूर्ण पक्ष काेराेना संक्रमण नफैलियाेस भन्नेतर्फ ज्यादै चनाखो भएका छन् र यसका लागि हरसम्भव प्रयास गर्न तत्पर छ । चाहे यसका लागि अन्य झन्झट व्यहोर्नुपरे पनि व्यहाेर्न किन नपराेस । अर्थात अहिले काेराेनाबाट मानवजातिलाई कसरि जाेगाउने भन्ने विषय नै मुख्य बनेकाे छ ।
मैले उठाउन खाेजेकाे विषय हाे काेराेनाकाे याे कहरमा यार्चागुम्बु संकलन गर्न पाउने कि नपाउने ? डाेल्पालीकाे मुख्य अायस्राेतकाे अाधार मानिएकाे यार्चागुम्बु संकलन गर्ने समय नजिकिँदै छ । यार्चागुम्बु संकलनका समयमा डाेल्पाली मात्र नभएर छिमेकी जिल्ला र देशका अन्य ठाउँबाट पनि मानिसहरु अाउने गर्छन् । विशेषगरि जेठ महिनाकाे शुरुआत देखि नै डाेल्पाका पाटनहरुमा यार्चागुम्बु संकलन र व्यापारका उद्देश्यले हजारौं मानिसकाे भिँडभाड नै लाग्ने गर्छ । यार्चागुम्बु संकलन र छुट पुर्जी मा लगाएकाे शुल्कबाट राष्ट्रले राम्रै राजश्व पनि उठाउँछ । यसबेला जिल्लामा व्यापार व्यवसाय पनि राम्रै चल्छ । विशेषगरि डाेल्पामा बैशाख महिनामै यार्चागुम्बु संकलनका लागि अावश्यक खाद्यान्न तथा सामाग्री जाेहाे गर्ने काम शुरु हुन्छ भने जेठ र असारमा यार्चागुम्बु संकलन गर्ने काम हुन्छ । सामान्यतः विभिन्न पाटनहरुबाट संकलन गरिएका यार्चागुम्बुकाे व्यापार भने अन्तिममा भदौ सम्म पैठारी भईसक्ने प्रचलन छ । यार्चागुम्बुसँग जाेडिएका यी हजारौं मानिसहरु यी चार पाँच महिना अरु सबै काम ठप्प पारेर यसकै संकलन र व्यापारमा युद्धस्तरले लागिपर्दछन् । किनकि यहि चार महिनाकाे मेहनतले उनिहरुकाे वर्षभरिकाे खर्चकाे जाेहाे हुन्छ । वर्षभरि कैयौं चुल्होमा अागाे बल्छ र पेटमा अन्न पर्छ । यसकै अाम्दानीले कसैले राम्रो उपचार पाउँछन् त कसैका बालबच्चा राम्रो स्कुल कलेजमा पढेका हुन्छन् । कसैले ठुला शहरमा घर घडेरी जाेड्छन् भने कसैले यसकै अाम्दानीले अर्काे व्यवसायमा लगानी पनि गरेका छन् । सामान्य घरधन्धा चलाउने देखि ठुलाठुला व्यापार व्यवसाय सम्म यार्चागुम्बुकाे प्रभाव छ ।
यार्चागुम्बु संकलनकाे समयमा करिब एक डेढ महिना जति डाेल्पाका अधिकांश विद्यालयकाे पढाइ समेत प्रभावित हुन्छ । गाउँमा कसैकाे मृत्यु परे वा कसैकाे शुभकार्य गर्नुपर्दा मानिस पाउनै गाह्रो हुन्छ । सरकारी कामकाज र विकास निर्माणका कार्यहरु पनि न्यून मात्रामा हुने गर्दछन् । यार्चागुम्बुकाे बहुअायामिक प्रभावमध्ये एक प्रभाव परम्परादेखि चलिअाएकाे हाम्राे खेतिपाती हामी प्रायले गर्न छाेडिसक्याैं । गाउँमा अधिकाँश जमीन बाँझै छन्। क्रमशः हामीमा नगद खर्च गर्ने बानीकाे विकास बढ्याे र हाम्राे दैनिकि नै परिवर्तन हुँदै अायाे ।
विगतमा यार्चागुम्बुकाे व्यापार गर्न राज्यले बन्देज गरेकाे समयमा डाेल्पालीहरु खेतिपाति, पशुपालन, वन्दव्यापार अादीबाट जिविका चलाउँदै अाएका थिए । त्यसबेला यसकाे कुनै मतलब थिएन । जब यार्चागुम्बुकाे व्यापार गर्न राज्यले निश्चित कर लिएर व्यापार गर्न खुला गर्याे त्यसपछि यसकाे अाकाशिदाे मुल्य र तत्कालीन लाभका कारण यार्चागुम्बु नै डाेल्पालिकाे जिवन हुन थाल्याे । यसकाे व्यापार खुला गरेकाे खासै धेरै समय पनि भएकाे छैन ।
यसकाे व्यापार व्यवसाय खुला भएपछि डाेल्पामा विभिन्न खाले उतारचढावहरु अाए। जसका ज्वलन्त उदाहरणहरु धेरै छन् । यसले जति अवसर सृजना गर्याे, त्यत्ति विकृति पनि निम्त्यायाे । यसबाट कसैले मनग्ये अाम्दानी गरे हाेलान् त कसैले सर्वस्व पनि गुमाएका छन् । वर्षेनि कयौंले ज्यान समेत गुमाएका खबर हामीले सुनेका छाैं देखेका छाैं । डाँका चाेरी र लुटपाट का घटनाहरु पनि प्रशस्तै घटेका छन् । यार्चागुम्बुकै कारणले व्यक्ति-व्यक्ति, समुदाय-समुदाय विच कुटपिट पनि भएका हुन् । यार्चागुम्बु पाउने वनकाे सिमानाका विवादहरु हालपनि कायमै छन् । बर्सेनि यार्चागुम्बु संकलनमा अाउने मानिसले पाउने सास्ती पनि उस्तै छ । संकलनकर्ताबाट उठेकाे शुल्ककाे पारदर्शिता र प्रभावकारी प्रयाेजनमा समेत थुप्रै प्रश्न छन् । विभिन्न वन समिति र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकाे गठनमा हुने तिकडम र यसले राजनीतिमा पारेकाे प्रभाव पनि घामझैं छर्लङ्ग छ ।
यी सबैभन्दा पनि महत्वपूर्ण तर हामी प्रायःले ख्यालै नगरेकाे प्रभाव वर्षेनि यार्चागुम्बु सिजनमा हुने वन विनास, वातावरणिय प्रभाव, चाेरी शिकारी, वनक्षेत्रमा बढ्दाे फाेहाेर र प्रदुषणकाे दुष्प्रभाव अादी बढ्दाे छ । सिजनमा हुने यस्ता अनियन्त्रित क्रियाकलापले गर्दा वन्यजन्तुको वासस्थानमा असर र समग्रमा जलवायु परिवर्तनमा गरेकाे याेगदान बारे मुल्यांकन त गर्न बाँकी नै छ ।
बहुअायामिक प्रभाव र महत्व राख्ने यार्चागुम्बु संकलनका बेला निम्तने अनेकन घटनाक्रम र परिस्थितिसँगै विगतमा यसकाे उचित व्यवस्थापन र नियमनका लागि धेरै वहस, पैरवि र काम भएका छन् । पछिल्लोपटक यार्चागुम्बुकाे परिमाण र गुणस्तरमा अाएकाे ह्रासका कारण अागामि वर्षहरुमा कुनै वर्ष पुरै वन राेकेर वा कुनै वर्ष कुनै वन खाेल्ने कुनै वर्ष कुनै वन खाेल्ने व्यवस्था गर्ने कि भन्ने छलफलहरु पनि चलेकै हुन् । यार्चागुम्बुकाे संरक्षण र यसबाट हुने वातावरणिय प्रभावलाई न्युन गर्नका लागि निश्चित मापदण्डअनुसार संकलन र व्यापार गर्नतर्फ स्थानीय, स्थानीय सरकार, प्रदेश र संघ सरकार मातहतका सम्बन्धित निकाय अझ बढि जिम्मेवार भई लाग्न जरुरी त छँदैछ ।
यसका अलावा अहिलेकाे याे विशेष परिस्थितिमा राज्यका ती क्षेत्रहरु जसले व्यक्ति र स्वयम् राज्यकाे अार्थिक अवस्थामा नकारात्मक असर पार्नेछ ती प्राय बन्द छन् । यस्ताे बेलामा डाेल्पामा शुरु हुन थालेकाे याे सिजनमा यार्चागुम्बु संकलन कार्य के गर्ने ? बन्द गर्ने कि नगर्ने ? अहम् प्रश्न बनेकाे छ । बन्द गर्दा हामीलाई ठुलै क्षति हुने हाे र ? अहिलेकाे याे परिस्थितिमा पनि विगतका झैँ गरि सिजन चल्न दिंदा भविष्यमा काेराेना संक्रमण बढ्याे भने काे जवाफदेही हुने ? वा अहिलेकाे काेराेना संक्रमण राेकथाम र व्यवस्थापनमा परिचालित जनशक्ति विशेषगरी सुरक्षाकर्मी यार्चागुम्बु संकलनकाे व्यवस्थापनमा परिचालन गर्नुपर्ने भयाे भने के हामिसँग परिचालन गर्ने क्षमता छ ? यसबारेमा हामीले साेचेका छाैं कि छैनाैं ? समय छँदै चाँडोभन्दा चाँडो छलफल गरि निष्कर्ष निकाल्नु जरुरी छ