बैशाख २ डोल्पा : नेपालको सन्दर्भमा जैतुनलाइ मुख्य रुपमा अक्षांशको हिसाबले नपुगेको चिसो पहाडको उचाइले पुरा गर्ने वार्षिक वर्षा पनि ९१००० मि।मि भन्दा कम० हुने करिब तिन महिना चिसो हुने र नौ महिना न्यानो हुने भएको कारणले उत्तर पश्चिम क्षेत्र जैतुन वालीको लागि उपयूत्त देखिन्छ।विशेष गरेर नेपालको सुदुरपश्चिम र मध्यपश्चिम क्षेत्रमा पर्ने बझाङ्ग,बाजुरा,मुगु,हुम्ला,कालिकोट,डोल्पा,रुकुम,जाजरकोट,जुम्ला,अछाम,मुस्ताङ्गकोजंगली जैतुन पाईने सुक्ष्म पकेट क्षेत्र (Micro Climate) मा उन्नत जातका जैतुन राम्रो हुन सक्ने देखिन्छ।
सन् १९७८ देखि नेपालका विभिन्न ठाउँमा विभिन्न समयमा केही जैतुनका विरुवा लगाउने काम भए पनि वैज्ञानिक ढङ्गले व्यवस्थित रुपमा नेपाल सरकारको अनुरोध र(FAO)को पहलमा इटली सरकारको आर्थिक सहयोग एंव (Tuscia University) को प्राविधिक सहयोगमा बाजुराको कोल्टि र डोल्पाको जुफालमा २८ जातका यूरोपियन जैतुन विरुवा सन् २००६ मा लगाइ अध्ययन परिक्षण बगैचा (Pilot Olive Orchard )स्थापना गरियो ।पाइलट अचार्डमा लगाइएका धेरै जात संतोषजनक रुपमा फल्न थाले पछी नेपाल सरकारले जैतुन विकासका लागी आ।ब। २०७२।०७३ देखि २०८१।०८२ सम्मको १० वर्षे कार्यविधि बनाइ कार्यक्रम सुरु गरेको छ।बाजुरा जिल्लालाइ जैंतुन जोन (Olive Zone)घोषणा गरी त्यस क्षेत्रमा जैतुन विकासका निम्ती कार्य थालनी गरेको छ। बाजुराकै कोल्टी क्षेत्रमा फलफूल विकास निर्देशनालय अन्तर्गत मिति २०७३र०७४र र २०७४र०७५ मा साविक कृषि विकास मन्त्रालय मातहातजैतुन विकास केन्द्र अस्थायी दरबन्दी स्वीकृत भई कार्यक्रम संचालन भएको थियो ।आ।ब ०७५र७६ मा त्यससुदुरपश्चिमप्रदेश मन्त्रालय मातहतको सुख्खा फलफूल विकास केन्द्र बैतडी र जैतुन विकास केन्द्र बाजुराको एकमुष्ठ बजेट बिनियोजित भइ जैतुन विकास केन्द्रको दरबन्दी सुदुरपश्चिम प्रदेश मन्त्रालयबाट सिर्जना भई संचालनमा आइरहेको छ।
जैतुन खेतिको परिचय
जैतुन एक यस्तो बालि हो जो सयौँ वर्षसम्म जिवित रहने र फल पनि दिइ रहन सक्ने सदावहार बाली हो।जैतुन फल खान र घस्न सर्वोत्कृष्ट तेल हुने भएकोले यसलाइ तेल बालीको रुपमा लिइन्छ।यसलाइ अग्रेजिमा (olive) र नेपालीमा जैतुन भनिन्छ।यसको बैज्ञानिक नाम (oleaeuropaeavarsativ.)हो।नेपालको उत्तरी पश्चिमी जिल्लाहरुमा पाइने स्थानीय जंगली जैतुनलाइ लौठो भनिन्छ।यसको महत्व र उपयोगिताकको बारेमा अब धेरै मानिसले बुझ्दै आएकोँले जैतुन खेती बिस्तार अमेरिका ,अष्ट्रेलिया, दक्षिण अफ्रिका, चिन,भारत,नेपाल लगाएत विश्वमा बिभिन्न मुलुकमा हुदै आएको छ।समुन्द्र सतह १००० मिटर देखी २३०० मिटर सम्म सफलतापूर्वक खेति गर्न सकिन्छ।जैतुन फल उत्पादन दुई उद्देश्यको लागी गरीन्छ,तेलर अचारजसमा जैतुन फलको उत्पादनको ९०प्रतिशत फल तेल उत्पादन र १० प्रतिशत फल अचार बनाउन प्रयोग गरिन्छ।जैतुनको गुदिमा (pulp)मा बढी तेल हुन्छ।जैतुनको काँचो वा पाकेको फल तीतो हुन्छ।तीतोपना (Bitterness)फल भित्रको पानीमा रहेको रसायन (oleuropein)को कारणले हुन्छ।नुन पानीले उपचार गरी तीतोपना हटाइन्छ र अचार खान फल उपयोग गरिन्छ।
महत्व
विश्वमा जैतुनको आर्थिक, धार्मिक, सामाजिक र स्वास्थको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ।जैतुन एक लाभकारी एंव पबित्र बोट भएकोले विश्वले यसलाई सुख शान्ति र समृद्धिको प्रतिक मानेर संयूक्त राष्ट्रसंघको छाप (logo)मा मा दुईवटा जैतुनको मुना राखियको छ।जैतुन खास गरेर अति पोषिलो फल र तेलको निम्ती प्रख्यात छ।जैतुन तेलको मुल्य अन्तराष्ट्रिय क्षेत्रमा प्रति लिटर गुणस्तरका आधारमा ८ सय देखी ३५ सय सम्म पर्छ भने राष्ट्रियस्तरमा प्रति लिटर २५ सय देखी ३ हजार सम्म पर्ने गरेको छ।यो रुख बाली हो र यसको फलबाट निस्कने तेल खानको लागी विश्वमा सर्वोतम छ।जैतुन आयूर्वेदिक औषधीमा प्रयोग गरीन्छ।जैतुन बाट साबुन सेण्ट कस्मेटिक सामाग्री बनाउदँन समेत उपयोग गर्न सकिन्छ।
जैतुन तेल एंव फलको नियमित सेवनले
– मुटु सम्बन्धी रोगहरु उच्च रक्तचाप र मधुमेह रोगलाइ नियन्त्रण एंव नियमित गर्छ।
– रोगप्रतिरोधी क्षमता (Immune system)बढाउछ।
– बिर्सने(Dimensia)अल्जाइमर रोग र रगत जम्ने(Blood clotting)रोग नियन्त्रणगर्छ।
– अर्बुद रोग(Cancer) लाग्नबाट जोगिन मद्दत गर्दछ।
-बुढो हुने गती(Aging) कम गराउछ।
-खानाबाट भिटामिन(A.D.E and K)सोसेर लिन र खाना पचाउन मद्दत गर्छ।
-क्यालसियम चुहावट हुन रोक्छ र हाड बलियो बनाउछ।
– पत्थरी लाग्न नदिन मद्दत गर्छ।
– मस्तिष्कको विकासमा सहयोग पुर्याउँछ।
– कोलेस्टेरोल रगतमा जमेको बोसोका कणहरु कम गराउछ।
-जैतुनको तेलमा बढी मात्रामा (Mono unsaturated fatty acid)८०%सम्म पाइन्छ।यसको सेवनबाट कोलेस्टेरोल(cholesterol) बढ्दैन।
– अनुहारमा चाउरी पर्न नदिन छाला र कपालका रोगहरु स्वस्थ राख्न पद्दत गर्दछ।
-कोषिका बृद्धि गर्न र घाउ छिटो पुरिन मद्दत गर्दछ।
– काखिको दुर्गन्ध हटाउन र रोगका जिवाणु नष्ट गर्न मद्दत गर्दछ।जैतुन बाली मानव स्वस्थयको लागी बहुउपयोगी लाभदायिक हुनेभएको सम्पूर्ण जनमानसमा जैतुन बालिको बारे ज्ञान हुन आवस्यक छ।
डिल्ली बोहरा (लेखक)
बागवानि विकास केन्द्र जुफाल डोल्पा