स्वास्थ्य सामाग्री बोकेर डोल्पा पुगेकी माननिय बाेहोरा क्वारेन्टिनमा

जैतुन अनलाइन | 2020-04-14

बैशाख १ डोल्पा :  कर्णाली प्रदेशसभा सदस्य बद्‍मीक्वारी बोहरा चैत्र २४ गते गृह जिल्ला डोल्पा उक्लिइन् । उनी स्वास्थ्यकर्मीका लागि केही थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क र ग्लोब्स लिएर प्रदेश राजधानी सुर्खेतबाट डोल्पा गएकी थिइन् ।

कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन चेतना फैलाउने र जिल्लाका निकायसँगसमन्वय गर्ने उनको योजना थियो । ‘जिल्लाभन्दा बाहिरबाट आउने जो कोही पनिक्वारेन्टाइनमा बस्‍नुपर्ने नियम स्थानीय सरकारले बनाएको रहेछ,’ उनले भनिन्, ‘स्थानीय सरकार रजनताले बनाएको नियम पालना गर्न क्वारेन्टाइनमा बसिरहेकी छु ।’

बोहोराक्वारेन्टाइनमाबसेको सोमबार ८ दिन पुग्यो । अरु ८ जनासँगैउनी क्वारेन्टाइनमाछिन् । उनको घर त्रिपुरासुन्दरी नगरपालिका– ४ मा पर्छ । घर नगएरै उनी छोरासहितक्वारेन्टाइनमा बसिरहेकी छिन् । उनका छोरा काठमाडौंबाट आएका थिए ।

‘क्वारेन्टाइनमाबसेदेखि फोनमार्फत आवश्यक समन्वय र सम्पर्कको काम भइरहेको छ,’ सांसद बोहराले भनिन्, ‘क्वारेन्टाइनमाबसेका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ निश्चित दूरी कायम गरेर क्वारेन्टाइनमाभेट्‍न आउनेहरूसँग पनि कोरोना फैलन नदिनका लागि गर्न सकिने काम र लिन सकिने पहलकाबारेमा छलफल गरिरहेको उनको भनाइ छ । क्वारेन्टाइन स्थलदेखि उनको घरको दूरी करिब एकघण्टाको छ । प्रदेशसभा सदस्य बोहराले किताब पढेरटिभी हेरेररक्वारेन्टाइनमा बसेकाहरूसँगगफ गरेर समय बिताउने गरेकी छिन् ।

‘स्थानीयसरकार र प्रशासनले बनाएको नियमको पालना सबैले समान रूपमा गर्नुपर्ने भन्दै म पनिक्वारेन्टाइन बसिरहेकी हुँ,’ उनले भनिन्, ‘१४ दिन पुगेपछि क्वारेन्टाइनबाट निस्किएरप्रत्यक्ष रूपमा कोरोनाविरुद्ध स्थानीय सरकारले बनाएका प्रतिकार्य योजनामा सहभागीहुनेछु ।’ लकडाउनको अवधिमा सुर्खेत, नेपालगन्ज, काठमाडौं र अन्य ठाउँबाट आएका सबैलाईडोल्पाका विभिन्‍न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलेबताए । उनका अनुसार डोल्पामा सांसद बोहरासहित ८५ जना क्वारेन्टाइनमा छन् । ९७ जना१४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् । जिल्लाका २३ ठाउँमा २ सय ८४जनालाई राख्‍नसक्‍ने क्वारेन्टाइन बनाइएको सुनारले जानकारी दिए ।

स्थानीयप्रशासनका अनुसार दुनैमा १३ बेडको आइसोलेसन वार्ड पनि बनाएको छ । प्रमुख जिल्लाअधिकारी सुनारका अनुसार जिल्लाको समग्र अवस्था अहिले सामान्य छ । प्रदेशसभा सदस्यबोहरा क्वारेन्टाइनमा बसेपछि जिल्लाभरि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।‘माननीयज्यूको यो सराहनीय कार्य हो,’ उनले भने, ‘यसबाट जिल्लामा सकारात्मक सन्देश त गएको छनै, कोरोनाफैलिन नदिन सबैतिर सतर्कता अपनाइएको छ ।’

#Kantipur