olux

क्वारेन्टिनमा रहेका ७५ जना १५ दिनमा खुसि हुदै घर फर्किए (फोटोफिचर)

जैतुन अनलाइन | 2020-04-11

चैत्र २९ दुनै : डोल्पामा क्वारेन्टिनमा बसेका ७५ जना घर फर्केका छन । कोरोना भाइरस (कोभिट–१९) नेपालगञ्जबाट जिल्ला आएका ७५ जना १४ दिनपछि घर फर्किएका हुन ।
सरकारले गरेको लकडाउन पछि नेपालगञ्ज हुदै डोल्पा पुगेका कुल १३४ जना मध्य शनिबार ७५ जना १४ दिनमा घर फर्किएका प्रमुख जिल्ला धिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार सरस्वती माध्यामिक बिद्यालयका ३२ जना,आर्दश माध्यामिक बिद्यालयका १७ जना,गौरी आधारभुत बिद्यालयका १० जना,बिद्यामन्दीर माध्यामिक बिद्यालयका १६ जना गरि ७५ जना घर फकिएका बताए ।
उनिरुमा कोरोनाको कुनैपनि लक्ष्यणहरु नदेखिएकोले नियमानुसार चेकजाँचपछि १५ औँ दिनमा घर पठाइएको ठुलीभेरी नगरपालिका स्वास्थ्य सँयोजक ताराकुमारी महताराले जानकारी दिईन ।
बाँकी जिल्लाका बिभिन्न स्थानीयतहमा क्वारेन्टिनमा रहेकालाइ पनि चेकजाँच पश्चात १५ दिनमा घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
जिल्लामा अहिले सम्म १० बेडको आइशोलेसन कक्ष र एक सय बढि क्वारिन्टिन निर्माण गरेर क्वारेन्टीनमा राखिएको थियो । हाल सम्म यस जिल्लामा कोरोना रोगका लक्ष्यणसँग मिल्दा जुल्दा बिरामी रहेको भने छैनन ।