प्रकृतिले नै लकडाउन (माथिल्लो भोट क्षेत्र) कोरोना बारे जानकार छैनन

जैतुन अनलाइन | 2020-04-11

चैत्र २९ डोल्पा : कोरोना भाइरस (कोभिट–१९) सँग लड्न सरकारले सबै सुरक्षा परिचालन गरि लकडाउन गरिरहदा भने भोट क्षेत्र प्रकृतिले लकडाउन गरेको छ ।
डोल्पाको भोट क्षेत्र अर्थात माथिल्लो डोल्पा यतिबेला प्राकृतिक रुपमा नै लकडाउन भएको छ । चिनको तिब्बतसँग सिमा जोडिएको माथिल्लो डोल्पामा हिमपातले पूरै लकडाउन गरेर राखेको हो ।
मँसिरको तेस्रो साताबाट जमेको हिउले माथिल्लो डोल्पाको सबै क्षेत्र हिउले ढपक्कै पारेर राखेको छ । जहा कसैले कसैलाइ भित्र बस भन्नुपर्ने अबस्था छैन ।
ठुला अग्ला डाँडा र हिमालले घेरीएको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिका,डोल्पोबुद्ध गाँउपालिका र छार्काताङसोङ गाँउपालिका प्राकृतिक रुपमा लकडाउन भएका छन ।
हामीलाइ प्रकृतिले साथ दिएको छ चिनसँगको क्षेत्र पूरै हिउले ढाकेको छ एक बस्तिबाट अर्को बस्तिमा जान पूर्णरुपमा हिउले ढपक्क पारेको छ त्यसै लकडाउन छ शे फोक्सुण्डो गाँउपालिकका वडा अध्यक्ष पेमावाङछेन गूरुङले बताए ।
तल्लो डोल्पाबाट मानिस सहजै माथिल्लो डोल्पा जान सक्ने अबस्था छैन तिब्बतबाट कोहि आउदैनन कोरोनाको डर नै छैन भोट क्षेत्रमा स्थानीय सोनामाक्याजेन लामाले सुनाए ।
सबैभन्दा ठुलो कुरा माथिल्लो डोल्पामा कोरोनाबारे बुझउने स्थानीय मानिसको कमि छ सबैले नेपाली बुझदैन स्थानीय भाषाबाटै बुझाउन जरुरी छ चेतनाको कमि छ अर्का स्थानीय तार्केछोइबेल गूरुङले भने ।
स्वास्थ्यकर्मि सधै बस्दैनन आम्ती लामाले नै उपचार गर्ने गर्दछन भोट क्षेत्रका मानिसहरु पेम्मातार्के लामाले भने हामीसँग अरु कुनै बिकल्प पनि छैन हामी आम्चीलाइ नै धेरै बिश्वास गर्छौ किनकी आम्चीले जडिबुटीले बनेका औषधि दिने हुन डाक्टरको देख्नै कठिन हुन्छ ।
सुरक्षाकर्मि बिहिन अबस्थामा प्रकृतिले लकडाउन गरेपछि भोटबासिहरु ढुक्क बसेका छन तर सरकारले सुरक्षाकर्मि कहिले ब्यवस्थापन गर्दैनन वडा अध्यक्ष पेमावाङछेनले दुखेसो गरे ।
भोटक्षेत्रका स्थानीयतहमा औषधि समेत प्रयाप्त छैन शे फोक्सुण्डो गाँउपालिकाले औषधि खरिद गरेर गाँउ लगेको छ तर सबै गाँउमा पुगेको भने छैन । अन्य स्थानीयतहले भने हाल सम्म पनि सामान्य औषधिमा कर्मचारी खटाएका छन ।