चैत्र २९ दुनै : डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गर्भवती रहेकी महिलाको उच्चारक्त चापले अचेत हुदा सुर्खेत लगिएको हो ।
जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका ४ पञ्चीरुपा धरला अचेत भएपछि उनलाइ जिल्ला प्रशासन कार्यालयको पहलमा सुर्खेत क्षेत्रिय अस्पताल लगिएको छ ।
धरालाको पेटमा रहेको बच्चा मरि सकेको र उनको उच्च रक्तचापको कारण अचेत अबस्थामा रहेकोले जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले जानकारी दिए ।
रावलले भने जिल्ला अस्पतालमो भेन्टीलेटर छैन बच्चा पेटमा मरेको अबस्थामा शल्यक्रिया नगरे आमाको ज्यान जाने र मृगौला मुसतिष्कमा समेत घात गर्ने हुदा आमाको ज्यान जोगाउन सुर्खेत पठाएको बताए ।
जिल्ला अस्पतालमा रहेकोले धरलाको ज्यान जोगिने भएको छ । तर आजै एक जना महिलाको भने ज्यान गएको छ । सुत्केरी हुदा उच्च रक्तश्रावको कारण मृत्यू भएको हो ।
ठुलीभेरी नगरपालिका ६ की २७ बर्षिया लालुकुमारी रोकायाको भने ज्यान गएको छ । शुक्रबार घरमा साझ सुत्केरी ब्यथा लागेको र बिहान ७ बजेतिर उनको उच्च रक्तश्रावले ज्यान गएको स्थानीय हिमाल रोकायाले जानकारी दिए ।
रोकायाले भने बच्चा जन्मीयो आमाले धर्ति छोडिन उनलाइ रक्तश्राब धेरै भएको थियो तत्तकाल कतैपनि उद्धरको लागि पहल गर्ने समयनै पुगेन आखिर एक आमाको जयन गयो ।
लालुकुमारीको बच्चा जिवित छ तर आमाको भने ज्यान गएको छ । स्थानीयहरु भन्छन नजिक स्वास्थ्यचौकि नहुदा ज्यान गयो । हेलिकप्टरबाट लिन सक्ने हामीलाइ कुनै जानकारी थिएन गाँउमा अरु कुनै स्वास्थ्यकर्मि थिएनन ज्यान गयो ।
ठुलाहरुकै लागि रैछ हेलिकप्टर अस्पताल गरिबले आखिर ज्यान गुमाउनै पर्ने रहेछ हिमाल रोकायाले दुख ब्यक्त गरे । लकडाउनले जिल्ला अस्पताल सम्म लिन सकिएन नजिक कुनै स्वास्थ्यसँस्था छैन ।
राष्ट्रपति महिला उद्धार कोषबाट हाल सम्म डोल्पाबाट मात्रै यस बर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १४ जनाको उद्धार भैसकेको छ । त्यस मध्य दुईजनाको भने मृत्यू भएको हो । उकरण अभाबकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ ।