बाटो अनूमति नपाउदा मुड्केचुलामा खाद्यान्न संकट

जैतुन अनलाइन | 2020-04-09

डोल्पाको मुड्केचुला गाँउपालिकामा खाद्यान्न संकट सृजना भएको छ । सरकारले गरेको लकडाउन र सिमानाका रोक्काले खाखान्न ढुवानीको लागि गर्न रुड अनुमति नपाउदा खाद्यान्न संकट हुन लागेको हो ।
जुम्ला हुदै मुड्केचुला गाँउपालिका सम्म गरिने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि.को चामल स्थानीयतहले बाटोको अनुमति नदिएपछि चामल ढुवानी नसकेको कम्पनीका डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।
गाँउपालिकामा अघिल्लो मौजात रहेको ५ सय क्वीन्टल चामल सबै बिक्रि भएको र नया कोटाको नौसय क्वीन्टल चामल ढुवानीमा समस्या आएको पाण्डेले बताए । उनले भने जुम्लाको गुठीचौर गाँउपालिका र डोल्पाको जगदुल्ला गाँउपालिकासँग हामी निरन्तर अनुमतिका लागि सहकार्य गरि रहेका छौ समाधान हुने अपेक्षा लिएका छौ ।
जिल्लाको निकै धेरै खाद्यान्न खपत हुने स्थानीयतह मुड्केचुला भएकोले खाद्यान्न जस्तो कुरामा रोक नलाउन सबै निकायलाइ अनुरोध गर्दै हजौरौ घरपरिवारको दैनिकीमा सहजता गराइदिन सबैतिर पहल भएको मुड्केचुला गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
शाहीले भने हामीले नेपाल सरकार मार्फत अनुदानमा प्रदान गरिने चामल नै मागेका छौ गाँउपालिका सम्म ढुवानीका लागि सबैले सहयोग गर्नुहुनेछ अर्को महिनाबाट गाँउपालिका खाद्यान्नको सँकटमा पर्नेछ अहिले जेनतेन जोहो चलेको छ ।
कुल ९ वटा वडा रहेको र सबैभन्दा धेरै जनसँख्या रहेको मुड्केचुला आर्थिक तथा अन्य हिसाबले निकै बिपन्न र कम्जोर स्थानीयतहको रुपमा चिनिन्छ यस्तो बेलामा खाद्यान्न समयमा नपुगे निकै ठुलो जोखिम आउन सक्ने भएकोले आफुले सबैतिर ढुवानीमा सहजता गराएईदिन र अनुरोध गरि रहेको र ठेकेदारलाइ पनि सुरक्षित तरिकाले ढुवानी छिटो गर्न आग्रह गरेको डोल्पा (ख) क्षेत्र कर्णाली प्रदेश सांसद बिरबहादुर शाहीले बताए ।
खाद्यान्न संकट आउन दिदैनौ अहिले १८ क्वीन्टल ढुवानी भएको छ सबै स्थानीय तह र जुम्लासँग पनि सहकार्य भएकोले नआत्तिन प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले आग्रह गरे । उनले भने हामी भोकै मर्ने अबस्था आउन दिदैनौ खाद्यान्न ढुवानी रोक्न पाइदैन सहजता आउछ ।
कोरोना भाइरस बिरुद्ध लड्न सरकारले गरेको लकडाउन स्थानीयतहले पालना कडाइका साथ गरेपछि यस्तो समस्या आएको हो । डोल्पामा सबैभन्दा कडाइ जगदुल्ला गाँउपालिकामा गरिएको छ ।
यस बर्ष मात्रै ढुवानी हुनेपर्ने जिल्लाको कोटाको २८ हजार चामल ७ हजार मात्रै ढुवानी भएको छ । हाल जिल्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि.डोल्पा शाखामा ३२ सय,जुफालमा २२ र काईगाँउमा ६ सय क्वीन्टल मौजाद चामल छ । दैनिक सयौँ क्वीन्टल चामल बिक्री भइ रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि.डोल्पा शाखाले जानकारी दिएको छ ।
जिल्लामा अब खाद्यान्नको माग बढि हुने भएकोले दाङ,नेपालगञ्ज,सुर्खेत र जुम्लाबाट ढुवानीमा सहजता गराइदिन खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि.ले सबै क्षेत्रमा अनुरोध गरेको छ । सरकारले खाद्यान्न ढुवानीमा सहजता गराउन भनेपनि स्थानीयतहले भने भाइरसको डरले सहजै यातायात चल्न दिएका छैनन ।