भैलीको पैसाले साबुन बाँड्दै चन्द्रा र नर्स रचना (फोटोफिचर)

जैतुन अनलाइन | 2020-04-07

चैत्र २५ डोल्पा : कोरोना भाइरस (कोभिड–१९) ले दुनिया ढकमगाइ रहेको बेलामा एक यूबतिले भने समाजमा सरसफाइ गर्नेबारे जानकारी गराउदै हिडि रहेकी छिन ।
त्रिपूरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढा लकडाउनमा नर्स गरेका साथिलाइ साथमा लिएर घरघर पुग्ने गरेकी छिन । बिहानै उनि हरेकको घरमा पुग्छीन अनि सरसफाइ बारे पालैपालो गरेर सिकाउछिन ।
गएको तिहारमा देउसि भैलो खेलर जम्मा भएको पाच हजार रकमले साबुन किनेर मद्धुका ८५ घरधुरीमा निशुल्क बाडि दैनिक सरसफाइबारे सचेत गराउदै गएकी छिन बुढा ।
चन्द्रा भन्छीन गाँउमा सरसफाइ बारे जानकारी छैन सामान्य साबुनले हातधुने सम्म ज्ञान छैन गाँउका मानिसहरुमा काम बाहेक केहि जानेका छैनन स्थानीय सरकारले स्वास्थ्य र सरसफाइका कुनैपनि कुराको सचेतना गराएको छैन ।
प्रत्यक घरमा आमाबुवा तथा साना बाहिनी भाइहरुलाइ साबुन दिदै कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे सचेत गराउने गरेको चन्द्राको दावी छ । उनि भन्छीन म अगुवाइ मात्रै गर्छु आफुसँग स्टाफर्नस रचना बुढाले बिशेष भुमिका खेलेको बताउछिन ।
निभरको खाली समयलाइ आफुले जानेको र सिकेको कुरा गाँउका नागरिकलाइ दिन पाउनु भाग्यको कुरा भएको भन्दै हातधुने बारे सरसफाइका बारेमा घरमा पुगेर सचेत गराइ रहेको भन्दै नर्स रचना बुढाले खुसि ब्यक्त गरिन ।
स्थानीयस सरकारले यो समयमा स्वास्थ्य सेवा बारे कुनै जानकारी नदिनु निकै ठुलो समस्या भएको र संक्रमण भै हाले गाँउलेकै लापरवाहीले नै धेरैले ज्यान गुमाउने भन्दै चिन्ताको बिषय रहेको चन्द्राले बताइन ।
जिल्लाका अधिकाँश गाँउमा सरसफाइको कमिले नै मौसमी रुघाखोकी तथा अन्य भाइरल फैलिने गरेको पाइन्छ । हरेक बर्ष लाखौ रकम स्वास्थ्य र सरसफाइका नाममा खर्च हुने भएपनि जन स्तर सम्म भने यो कुराले कहिले पनि छुन सकेन र अहिले पनि पूरानै शैलिमा गाँउलेहरुले दैनिकि गुजारी रहेका छन ।