पूर्व राज्यमन्त्री धनबहादुर बुढाद्धारा राहात बितरण

जैतुन अनलाइन | 2020-04-06

चैत्र २४ डोल्पा : पूर्व राज्यमन्त्री धनबहादुर बुढाले काठमाण्डौमा भोकभोकै परेका डोल्पाका नागरिकलाइ खाधान्न उपलब्ध गराउनु भएकाे छ ।  डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सांसद धनबहादुर बुढाले काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई लाई खाद्यसामग्री उपलब्ध गराउनु भएकाे हाे।

डोल्पाबाट उपचार गर्न काठमाडौं गएका डोल्पा दुई परिवार कोरोना भाइरस (कोभिड-१९) फैलन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौंमा अलपत्र परी भोकभोकै बसेका थिए।  पूर्व राज्यमन्त्री समेत रहेका बुढाले जिल्लाको मुड्केचुला गाउँपालिका अन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिँहको ३ जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाको ६ जनाको परिवारलाई काठमाडौंमै नुन, चामल, तेल, दाल र मसला लगायतका खाद्यसामग्री उपलब्ध गराउनु भएको हो। ‘

उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नु परेको थियो,सांसद बुढाको सहयोग पायौँ, निकै राहत महसुस गरेका छौँ,’ राहत थाप्दै कमला बुढाले खुसि ब्यक्त गर्नुभयो । डोल्पाली सर्वसाधारणहरु भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरिद गरेर वितरण गरेको सांसद बुढाले जानकारी दिनुभयो। काठमाडौं अलपत्र परेकाका डोल्पाली विद्यार्थी र सर्वसाधारणका लागि केही समस्या परे जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहेको सांसद बुढाले बताउनु भयो । उहाँले भन्नु भयो म काठमाण्डौमा छु कोहि पनि डोल्पाको नागरिकले भोकै बस्ने अबस्था आउदैन तपाइहरुको लागि म छु ।