चैत्र २३ डोल्पा : डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी एक महिलाको पिसाव बन्द भएपछि हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेजमा लगिएको हो ।
जिल्लाको ठुलीभेरी नगरपालिका ७ की २० बर्षिया शान्ती बुढाको पिसाब रोकिएपछि उनलाइ उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपाल मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
शुक्रबार शल्यक्रिया गरेकी बुढाको पिशाबमा शनिबार बिहान ११ बजेछि समस्या आएको र यक्यारी भएको देखिएपछि मृगौलामा समस्या नहोस भनेर नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिनुभयो ।
सुत्केरी ब्यथा पनि निकै लामो समय लाग्यो ४० हप्ता कटि सकेको थियो तर पनि शुक्रबार शल्यक्रिया सफल भयो आमा र बच्चाको स्वास्थ्य अबस्था निकै राम्रो छ एक्कासि पिसाब बन्द भयो हामीले भएको औषधि प्रयोग गर्यौ तर निकै जोखिम हुने अबस्था आएपछि आमाको ज्यान जोगाउन रिफर गरेका हो डाक्टर रावलले बताउनुभयो ।
यस्तो संकटको घडिमा पनि प्रमुख जिल्ला अधिकारले निकै ठुलो भुमिका खेल्नुभयो र एक आमा र बच्चाको ज्यान जोगाउनु भयो डाक्टर रावलले प्रमुख जिल्ला अधिकारीलाइ धन्याबाद ज्ञापन गर्नुभयो । हामीले मात्रै सक्ने कुरा थिएन र सकिदैन थियो पनि प्रजिअको भुमिका बिशेष रह्यो आभारी छौ उहाँले थप्नु भयो ।
महिला बालबालिका मान्त्रालयको राष्ट्रपति महिला उद्धारको कोष मार्फत जिल्ला अस्पतालमा पिसाब बन्द भएर छटपटाएकी २० बर्षिया शान्ती बुढाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
यस बर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १३ जनाको उद्धार भैसकेको छ । त्यस मध्य एक जनाको भने मृत्यू भएको हो । उकरण अभाबकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ ।