हेलिकप्टर चार्टर गरि गाँउपालिकामा औषधी

जैतुन अनलाइन | 2020-04-03

डोल्पा : डोल्पामा हेलिकप्टर चार्टर गरि गाँउपालिकामा औषधि लगिएइको छ । जिल्लाको शे–फोक्सुण्डो गाँउपालिकाले काठमाण्डौबाट हेलिकप्टर चार्टर गरि गाँउपालिमा औषधि र केही उपकरणहरु लगेको हो ।
बिहिबार बिहानै करिब ४ लाख हाराहारीको औषधी हेलीकप्टरबाट शे–फोक्सुण्डो गाँउपालिकाको केन्द्र साल्दाङ पुर्याइएको स्वास्थ्य ईन्चार्ज एचए निमादार्के गूरुङले जानकारी दिए ।
उनका अनुसार गाँउपालिकाले माक्स,सेनेटाइजर,साबुन,क्वारेन्टिन निर्माणको लागि ब्लाङकेट,लगाय स्वास्थ्यचौकिका लागि चाहिने अन्य औषधि र अक्सीजन कन्सनटेटर गरि ३ क्वीन्टल भन्दा धेरै औषधि र उपकरण गाँउपालिकाको केन्द्रमा पुर्याएको बताए ।
गाँउपालिकाले ७ लाख पच्चिस हजारमा हेलीकप्टर चार्टर गरेर स्थानीयको लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामाग्रिहरु लगेको गाँउपालिका अध्यक्ष टासिटुण्डुप गूरुङले जानकारी दिए ।
भौगोलिक रुपमा सबैभन्दा ठुलो गाँउपालिकाको रुपमा शे–फोक्सुण्डो गाँउपालिका पर्दछ । भुगोलमा ठुलो र चिनको तिब्बतसँग सिमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकप्टरबाटै औषधि र सामाग्रीहरु लगेको गाँउपालिका अध्यक्ष गूरुङले दावी गरे ।
यति बेला चिनको तिब्बतरितको नाका हिउले शिल गरेपछि तिब्बतबाट भन्दा पनि शहरबाट आउने मानिसहरुबाट खतरा बढि रहेकोले तत्तकाल क्वारेन्टिन निर्माण गर्ने र नागरिकलाइ सचेत गराउने अत्याबश्यक रहेकोले आफुहरु लागि परि रहेको स्वास्थ्य ईन्चार्ज निमादार्के गूरुङले जानकारी दिए ।
माथिल्लो डोल्पा यतिबेला हिउले सेताम्मे भएकोले तिब्बतको नाका प्राकृतिक रुपमा बन्द रहेको र तल्लो डोल्पाबाट मानिसहरु सहजै जान नसक्ने भएकोले पनि तत्तकाल कुनै खतरा नरहेको गाँउपालिकाको दाबी छ । तर उनिहरु भन्छन हामी निरन्तर लागी रहेका छौ अध्यक्ष टासिटुण्डुप गूरुङले बताए ।