डोल्पा : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपरकण लिएर डोल्पा पुगेका छन । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन ।
नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णालीको डोल्पा अस्पतालमा सबै भन्दा पहिला उपकरण र औषधि पूर्याइएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकास मन्त्री दल रावल आफै डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्त्रण गरेका हुन ।
हेलिकप्टरबाट सर्जिकल मास्क २ हजार,पिपीई ६० थान,लुज ग्लोबस एकहजार एन नाइन्टी मास्क २५थान,पारा सिटामोल ५हजार टयाब्लेटस,साधारण मास्क एक हजार थान,गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान,सेनिटाइजर दुई बोतल,क्यानुला २४ नम्बरकोे २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देबबहादुर बिसिले जानकारी दिए ।
आइशोलसनमा राखिएका दईजना बिरामीको स्वाप परिक्षणको लागि सुर्खेत लगिएको छ । बिरामी सामान्य भएकाले नआत्तिन भन्दै परिक्षणको लािग नमुना सुर्खेत लगिएको हो ।
करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मि,जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुसँग बसेको मुख्यमन्त्री शाही र सामाजिक बिकास मन्त्री रावले अस्पतालको निरिक्षण गर्नुका साथै तत्तकाल ब्यवस्थापन प्रभाबकारी बनाउन सबैलाइ निर्देशन दिए ।
सोमबार आइशोलसनमा राखिएका बिरामीह्रुलाइ भेटेका मुख्यमन्त्रि र सामाजिक बिकास मन्त्रीले लाजमर्दो आइशोलसन भएकोले तत्तकाल बाहिर घर भाडामा लिएर परपर्दो कम्तीमा पनि ३० सैयाको आइशोलेसन निर्माण गर्न निर्देशन दिए ।
उपकरण र औषधि हस्तान्त्रण गर्दै मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीले भने काम गर्ने बेला हो पैसा छैन भनेर टार्न पाइदैन प्रदेश सरकारले चाहिने पैसा पचास लाख जिल्ला प्रशासन र २५ लाख जिल्ला अस्पतालमा पठाएको छ खर्च गर्नुस नपुगे सरकारले दिन्छ भन्दै मुख्यमन्त्री शाही जँगिए ।
काम नगर्ने कमचारीलाइ बिकल्प खोज्ने भन्दै प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय लाग्नुपर्ने बताए । ब्यङग्य गर्दै शाहीले भने जनप्रतिनिधि कुन दुलामा छन भोट माग्दा मात्रै निस्कने कि बिपतको बेलामा पनि जनताको काममा लाग्ने भन्दै जनप्रतिनिधिले सबैभन्दा धेरै काम गर्नुपर्ने बताए ।
अन्य जिल्लाको तुलनामा डोल्पामा कोराना सँग लड्न सक्ने तयारी शुन्य भएको भन्दै आजै आइशोलेसन देखी अन्य ब्वस्थापन गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए । उनले भने जनयूद्ध पनि लाठी र भाटाबाट सूरु भएको थियो त्यस कारण बाहानामा कोहि नबसुम काम गरु धेरै नबोल्नुस सरकार साथमा छ ।
जिल्लामा चिकित्सकको कमि भएको भन्दै कर्णाली प्रदेसबाट करारमा काम गर्ने डाक्टर मछिन्द्र बडुवाललाइ तत्तकाल डोल्पा पठाइने र अन्य नर्स कर्मचारी पनि भर्नाको लागि बाटो खोलीने सामाजिक बिकास मन्त्री दल रावलले जानकारी दिए । उनले भने काम गर्नुस चिकित्सकको साथमा सरकार छ कुनैकुराको कमि हुन दिन्नौ तर सरकारलाइ जानकारी दिनुहोस ।