गर्भवतीको हेलीकप्टरबाट उद्धार “बिद्युतको भोल्टेजले शल्यक्रिया भएन”

जैतुन अनलाइन | 2019-12-15

मँसिर २८ डोल्पा : डोल्पाबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया हुन नसकेपछि गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार गरिएको हो ।
काईके गाँउपालिका ३२ बर्षिया पासाङ रोकायाको शल्यक्रिया हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत क्षेत्रिय अस्पतालमा पठाइएको जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
सामान्य सत्केरी हुने भनिएपनि सुत्केरी हुन नसकेपछि शल्यक्रियाको लागि तयारी गरेको र शल्यक्रिया गर्नेको लागि बिद्युतको भोल्टेज नपुगेपछि शल्यक्रिया रोकिएको प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डाक्टर शँकरप्रसाद राउतले जानकारी दिए ।
जिल्ला प्रशासनका कार्यालय डोल्पाको समन्वयमा महिला बालवालिका मन्त्रालयको राष्ट्रपती महिला तथा बालबालिका उद्धार कोषबाट उद्धार गरिएको हो ।
हाल सम्म यस बर्ष मात्रै डोल्पाबाट १३ जना गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार गरिएको छ । तर जगदुल्लाबाट उद्धार गरिएकी महिलाको भने आमा रबच्चा दुबैको ज्यान गएको छ ।
                                                          “बिद्युतको तार जलेपछि गर्भवतीको रेफर”
गर्भवती पासाङ रोकायाको अबस्था सामान्य नै थियो सामान्य रुपमा बच्चा जन्मीएन शल्यक्रियाको लागि सबै तयारी भयो तर बिद्युतको भोल्टेज पुगेन बिद्युतलाइ अनुरोध गरेर बिद्युतको भेल्टेज दिए तर सबै तराहरु जल्यो हामीले काम गर्न नसकेको जस्तो भयो ड्यूटिमा रहेको डाक्टर रमेश रोक्काले दुख ब्यक्त गरे ।
अन्यत्रको बिद्युत काटेर थप भोल्टेज पनि जिल्ला अस्पताललाइ दिदा जिल्ला अस्पतालको सबै बिद्युतका तारहरु जलेपछि शल्यक्रिया नहुने र तत्तकाल लैजान सुत्केरीका आफन्तलाइ भनेपछि रोकायालाइ हेलीकप्टरबाट सुर्खेत लगिएको डाक्टर रावलले जानकारी दिए ।
हाल जिल्ला अस्पतालमा प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डाक्टर शँकरप्रसाद राउत,एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाहले शल्यक्रिया गरि रहेकाछन । बिद्युतको हाइ भोल्टेजले अस्पतालका सबै तारहरु जले जेनेरेटरबाट पनि प्रयास गरेको सकिएन हामीले ठुलो जोखिम लिन सकेनौ अनि रेफर गरेका हौ प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डाक्टर शँकरप्रसाद राउतले जानकारी दिए ।
“बिशेषज्ञ छन उपकरण छैनन”
जिल्ला अस्पतला डोल्पामा हरेक बेला अनेकन समस्याले सताउने गर्छ । बर्षौ सम्म बिशेषज्ञ आएनन बल्ल बिशेषज्ञ आए तर उपकरण बिहिना छ डोल्पा जिल्ला अस्पताल ।
शल्यक्रियाका लागि चाहिनै कुनैपनि सामाग्रीहरु भरपर्दा छैनन । पूराना सामाग्रीहरुछन तिपनी भने अनुसार चल्दैनन डाक्टर रमेश रोक्काले दुख ब्यक्त गरे । रोक्का भन्छन हामीले कामै नगरे जस्तो हुन्छ जनशक्ति छ उपकरण छैन ।
सामान्य उपकरण देखी अक्सीजन सम्म छैन जिल्ला अस्पतालमा बिरामीहरु दैनिक भर्ना भै रहेका छन बिरामीलाइ अक्सीजन दिन समेत जेनेटर चलाउन पर्छ कर्मचारीहरु रातदिन खटिएकाछन ।
प्रदेश सरकारले दिएको जेनेटर जिल्ला अस्पताल सम्म पुग्दा बिग्रीयो एक बर्ष भयो ५ केभिएको जेनेटर चल्दैन शल्यक्रिया र एक्सरे गर्न बजारबाटै जेनेटर लिनुुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल प्रमुख सिजन रावलले जानकारी दिए ।
उनी भन्छन ४ लाख ८० हजारको प्रदेशले पठाएको जेनेरेटर आउदै बिग्रीएको थियो चलेकै छैन । अर्को जेनेरेटर बनाएर सामान्य काम गरि रहेकाछौ हामीसँग उपकरण बिद्युतले निकै ठुलो समस्या परि रहेको छ ।
बिद्युत र जेनेरेटर तथा शोलार नहुदा बिशेषज्ञ भएर पनि गर्भवतीको हेलीकप्टरबाट पठाउनु पर्ने बाध्यता रहेको छ डोल्पा जिल्ला अस्पतालको ।