मँसिर २२ दुनै,डोल्पा : बिश्वको सुन्दर र लजाुलु स्तनधारी बन्यजन्तु रेड पाण्डा(हाब्रे)संरक्षणको अभावमा उच्च जोखिममा रहेको छ । बिश्वभर दुर्लभ रहेको बन्यजन्तु रेड पाण्डा चोरी शिकारीको यो जनावर जोखिममा परेको हो ।
बनजगँलमा भएको आगलागी,पुर्वाधार विकासमा प्रयोग गरिने बिभिन्न खाले मेशिनको प्रयोग चोरी शिकारले उनहिरुको बासस्थान खण्डीकरण हुनुले जोखिममा पर्नुको पहलिो कारण मानिएको छ ।
आगलागिले निगांलो नष््ट हुनु मानिसले निगालोको अत्यधिक प्रयोग,स्थानीय स्तरमा संरक्षण गर्ने जनचेतनाको कमि भएको कारण सबैभन्दा ठुलो जोखिममा रेड पाण्डा परेको बिज्ञहरु बताउछन ।
डोल्पाको मुड्केचुला गाँउपालिकाको नर्कु र सर्मिको बनमा रेड पाण्डा भेटिएकोले सँरक्षण जरुरी रहेको भन्दै रेड पाण्डा नेटर्वकले अनुसन्धानको काम गरि रहेको छ ।
मुड्केचुला लगायत जगदुल्लाका केहि बनमा समेत पाइने स्थानीयहरु बताउछन । नेपाल,चीन,भारत,बर्मा र भुटानमा मात्र पाइने रेडपाण्डा नेपालमा ५सयको हाराहारीको संख्यामा पाइन्छ ।
पश्चिम नेपाल समुदायमा आधारित रेडपाण्डा(हाब्रे)संरक्षण कार्यक्रम अन्तरगत महिला तथा दलित जाती उत्थान मञचले डोल्पा पछिल्लो समय सँरक्षणको क्षेत्रमा काम गरिरहेको छ ।
रेडपाण्डा नेटवर्क अन्तरगत महिला तथा दलित जाती उत्थान मन्च दुनैले ०७५ फागुन १७ गतेबाट मुड्केचुला गाउँपालिकाको नर्कु र सर्मिमा रेडपाण्डा संरक्षण कार्यक्रम शुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रबहादुर शाहीले बताए ।
रेडपाण्डा पाइने क्षेत्रका स्थानीय बासिन्दाहरुलाई रेडपाण्डा पाइने क्षेत्रको बेसलाइन सर्बे,अनुगमन,निरिक्षण संरक्षण, बासस्थानको ब्यवस्थापन र जीविकोपार्जन सम्बन्धि तालिम जनचेतनामुलक कार्यक्रम गरिएको रेडपाण्डा नेटवर्क काठमाण्डौका दिनेश घलेले जानकारी दिए ।
रेड पाण्डा लोप हुदै जानु र जोखिममा हुनुको कारण निगालो मासिदै जानुनै हो । निकै लजालु र प्रमुख आहारा भनेको निगालो भएकोले अनियन्त्रीत चरिचरण र निगालो लोप हुदै जानु हो स्थानीय मानबहादुर शाहीले बताए ।
दुर्लभ र संकटासन्न,संरक्षित जीव,नेपालको पहिचान बनाउनका साथै रेडपाण्डाको संरक्षण मार्फत पर्यपर्यटनको विकास गरि स्थानीय बासिन्दाको जीवकिोपार्जनमा समेत सहयोग पुग्ने भएकाले रेडपाण्डाको संरक्षण गर्नु लागेको नर्कु र सर्मिका स्थानीयहरुले बताए ।
एक बर्ष पहिला रेड पाण्डा मारेको अभियोगमा नुर्कका एक जना पक्राउ परेका थिए । हाल नियमित रुपमा मुड्केचुलाको नर्कु र सर्मिमा जनचतेना र सँरक्षणका कामहरु गरिएको रेड पाण्डा नेटवर्कले जनाएको छ ।