प्रहरी हवल्दार र जवनालाइ घुम्ती प्रशिक्षण दिदै डोल्पा प्रहरी

जैतुन अनलाइन | १७ कार्तिक २०७६, आईतवार

कार्तिक १७ दुनै,डोल्पा: डोल्पाका प्रहरीलाइ अपराध अनुसन्धान र नियन्त्रण बिशेष घुम्ती प्रशिक्षण दिइएको छ । भौगोलिक रुपमा निकै ठुलो जिल्ला डोल्पामा प्रहरीलाइ थप बलियो र सक्षम बनाउन तालिम दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी हवल्दार र जवानलाइ घुम्ती प्रशिक्षण दिइएको छ । जिल्लामा हुन सक्ने सुरक्षा खतरा तथा अपराध अनुसन्धान र नियन्त्रणको लागि थप ज्ञानका प्रदान गर्नेगरि प्रशिक्षण दिएको प्रहरी नायव उपरिक्षक नारायाण रञ्जितकारले जानकारी दिए ।
जिल्लामा रहेका हवल्दार र जवानलाइ बिशेष घुम्ती प्रशिक्षण दिने र पाच दिन सम्म दिने प्रशिक्षणमा प्रहरीले अपराधलाइ कसरी न्यूनिकरण गर्ने र नागरिकले सुरक्षाको अनुभुति गर्ने गरि सुरक्षा दिने डिएसपी रञ्जितकारले बताए ।
यो तालिम पश्चात नागरिक र प्रहरीको सम्बन्ध झन प्रघाढ हुने र हरेक नागरिकले प्रहरीको साथलाइ गर्भका साथ लिने बिश्वास रहेको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले दावी गरे ।
चाडबाड सकिएपनि सड्कले जोडिएको डोल्पामा बिभिन्न खाले घटनाहरु भैरहने भएकोले सुरक्षा मजमुद बनाइ राख्ने प्रहरीको लक्ष्य रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जुवातास,मदिरालाइ निरुत्साहित गर्ने गरि सुरक्षा प्रदान गरिएको जनाएको छ ।