जनताको सल्लाहमा योजना बाँड्दै सांसद (बिरबहादुर शाही र बदमीक्वारा बोहोरा)

जैतुन अनलाइन | 2019-11-03

कार्तिक १७ डोल्पा : जनताको सरसल्लाहबाट योजना बाड्न सांसद बिरबहादुर शाही गाँउ पुगेका छन । कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाही सांसद निर्वाचन क्षेत्र बिकास कोषको रकम बाँड्न गाउँगाउँमा पुगेका हुन ।
कर्णाली प्रदेश सरकारमा डोल्पाबाट प्रतिनिधित्व गरेरका सांसद बिरबहादुर शाही र बदमीक्वारा बोहोरा आफ्नो निर्वाचन क्षेत्रका बिकट बस्तीहरुमा पुगेका हुन ।
डोल्पा निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसदर बिरबहादुर शाही र समानुपातिक सांसद बद्मीक्वारा बोहोरा गाउँगाउँमा पुगेर स्थानीयसँग छलफलमा ब्यस्त रहेका छन् ।
सांसदलाइ निर्वाचन क्षेत्र बिकास कोषबाट जनतालाइ के कस्तो बिकास आवाश्यक्ता छ, जनताको मागको आधारमा भुगोल हेरेर बिनियोन गर्ने साँसद बिरबहादु शाहीले जानकारी दिए ।
शाहीका अनुसार अन्य निकायबाट प्राप्त बिकास भएको ठाउँमा रकम दुरुपयोग गरे नगरेको,गलत मनासाय होकी आदि कुराकोे छलफल तथा अनुगमनकालागि गाउँगाउँमा पुगेको जानकारी दिए ।
प्रदेश सरकारले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधार क्षेत्रमा खर्चगर्न पाउने गरि एक सांसद बराबर पाँच करोड रुपैँया छुट्याएको छ ।
गाउँमा धेरै जसो योजना बजेट परेर सम्पन्न भइसक्दा समेत मर्मतका नाममा पुनःबजेट पारेर रकम दुरुपयोग गर्ने परिपाटी छ कायमै रहेको सांसद द्धवयले जानकारी दिए ।
बिकासका नाममा आएको बजेट बडारेर रकम सक्ने गरेकाले त्यस्ता गलत काम गर्नेहरुलाइ खबरदारी गर्न गाउँगाउँ पुगेका शाहीले दावी गरे ।
बिकास गर्न जनताले निर्वाचित गराएर पठाएका हुन भ्रष्टाचार म बाट हुदैन शाहीले बाचा गरे ।
म पनि भ्रष्टचार गर्दिन प्रदेश सरकारका योजनाहरुमा प्रत्यक्ष निगरानि गरिरहेको छु,यदि कसैले बिकासमा भ्रष्टाचारगर्ने प्रयास गरेभने कसैलाइ छोड्दैन चाहे मेरा बुबा किन नहोस शाहीले आफनाक्षेत्रका जनताका अगाडि प्रतिबद्धता जनाए ।
गाँउगाँउमा घुमि रहेका शाहीले भने कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका योजनाहरुमा निकै ठुलो भ्रष्टाचार भएको पाइएको र आफुसँग प्रमाण समेत रहेको बताए ।
कुनैपनि बेलामा जो कोहिलाइ मुद्धा लाग्न सक्छ समयमा सचेत रहनु भन्दै खबरदारी समेत शाहीले गरे ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै आफ्नो क्षेत्रमा पुग्ने सांसद भन्दैै प्रदेश र स्थानीय तहका योजना अनुगमगर्न आएको साँसद शाहीले बताए ।
सांसदद्धयले निर्वाचन क्षेत्रभित्र पर्ने त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकाका सम्पुर्ण गाउँबस्तीमा पुगेर बिकास बाँडेकाछन् ।
आफुहरुले स्थानीय सरकारका प्रतिनिधि,युवा,बुद्धिजिवि र आम नागरिकसँग छलफल गरेर आवाश्यक्ताका आधारमा बिकास बाँडिएको बताउँदै भौतिक पुर्वाधार क्षेत्रलाइ जोड दिएर बिकास बाँडफाँड गरेको सांसद शाहीले बताए ।
बिकासका लागि आएको बजेट सदुपोग नभए कुनैपनि नागरिकले कुनैपनि बेलमा मुद्धा हाल्न सक्ने र त्यसमा आफुहरुले पनि साथ दिने साँसद बदमीक्वारा बोहोराले बताईन ।