फष्टाउदै डोल्पामा चौरी पालन ब्याबसाय (फोटोफिचर)

जैतुन अनलाइन | 2019-11-03

कार्तिक १७ डोल्पा : डोल्पामा चौरी पालन ब्यवासाय फष््टाउदै गएको छ । स्थानीयले समुह मार्फत सामुहिक रुपमा पालन गरेको चौरी पालन ब्यवसाय फष््टाउदै गएको हो ।
जिल्लाको जगदुल्ला गाँउपालिका ४ को चौरीकोट र त्रिपूरा सुन्दरी नगरपालिका ११ बंतडीमा सामुहिक रुपमा चौरी पालन ब्यवसाय सूरुवात गरिएको छ ।
कर्णाली प्रदेश सरकार भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख आर्थिक सहयोगमा जगदुल्लाको मौरे लेखमा कर्णाली प्रदेशकै उत्कृष्ठ चौरी फर्म सञ्चालन गरीएको छ ।
करिब ४ हजार मिटरको उचाइमा रहेको मौरे लेखमा “भालु पाटन ब्याबसायिक चौरी पालन फर्म”ले स्थानीय सरकार र प्रदेश सरकारको सँयूक्त लगानिमा चौरी पालन गरेको ब्यावसायि चौरी पालन समुहका अध्यक्ष सक्तप्रसाद रोकायाले जानकारी दिए ।
५३ वटा चौरीगाईबाट पालन सूरु गरिएको र पहिलो बर्षमै दुधबाट उच्चस्तरीय छुर्पी उत्पादन गरेर बिक्रि सुरु गरेको अध्यक्ष रोकायाले बताए । उनले भने हामीले गाँउपालिकामै डेरी उद्योग पनि सञ्चालन गरेका छौ जहाबाट हरेक दिन कुनैपनि समयमा बाह््रै महिना ताजा दुध,घिउ,नौनि,चुर्पी र दही खान पाउनेछन ।
हिमालको नजिकैमा रहेको याक फर्ममा चौरी गाइहरु बाच्छा अनि भाले याकले फर्म भरिभराउ रहेको देदिन्छ । स्थानीय भक्त रोकाया भन्छन कर्णाली प्रदेश सरकारको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्रालय र स्थानीय सरकारलाइ सम्मान गर्ने कुनै शब्द नै छैन हाम्रो जिवन स्तर सुधार बनायो चौरी पालन ब्यवसायले ।
प्रदेश सरकारले नमुना चौरी पालन ब्यवसायका लागि दिएको बजेटको सहि सदुपयोग भालु पाटन ब्यावसायिक चौरी पालन फर्मका समुहले गरेको र यो फर्म कर्णाली प्रदेशकै उत्कृष्ठ रहेको ठहर गरिएकोले अब थप ब्यबस्थापनको लागि प्रदेश सरकारले सहयोग गर्ने कर्णाली प्रदेश सरकारका सदस्य मानीय बिरबहादुर शाहीले प्रतिबद्धता जनाए ।
डोल्पा जिल्लामा रहेका २ वटा फर्म नै राम्रो रहेको भएपनी अझै राम्रो ब्यवस्थित मौरे लेखमा रहेको चौरी फर्म रहेकोले सरकारले कुनैपनि तवरबाट थप मजुबुद्ध बनाउन सहयोग गर्ने प्रदश माननीय बदमी क्वारा बोहोराले बताईन।
भौगोलिक बनावट पनि मिलेको र स्थानीयहरुपनि निकै सक्रिय रहेकोले ब्यावसाय फष्टाउदै जानेमा निष्चिन्त रहेको जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले बताए । रोकायाले भने अब डेरी उद्योगमा नै सिमित नभएर उत्कृष्ठ चौरीको चिज उद्योग समेत स्थापना गरि स्वदेश तथा बिदेशमा समेत नृयात गर्ने लक्ष्य रहेको जानकारी दिए ।
प्रदेश सरकारको ४८ लाख ७५ हजार र स्थानीय सरकारको ३२ लाख सहयोगका साथै जनश्रमदान सहित ८६ लाखमा चौरी फर्म स्थापना गरि सञ्चालन गरिएको हो । हाल एक जना ब्यवस्थापक,३ जना गोठालाले चौरी फर्म सञ्चालन गरि रहेका छन ।
“चौरी श्रोत केन्द्रको स्थापना स्थानीय हर्षित”
झण्डै चार दशक पछि चौरी श्रोत केन्द्रको स्थापना भएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको घोडाखोर बंतडीमा चौरी श्रोत केन्द्रको स्थापना भएपछि स्थानीयहरु हर्षित भएका छन ।
कर्णाली प्रदेश सरकारको एक करोड लागतमा चौरी श्रोत केन्द्रको स्थापना भएपछी स्थानीयलाइ रोजगारी र अन्य आम्दानीको श्रोत समेत बन्ने भएको छ ।
चौरी पालनबाट स्थानीयले दुध,घिउ,तथा भाले याक खसिको रुपमा बिक्रि गरेर आम्दानीको श्रोत बनाउनेमा बिश्वस्त रहेको पशु तथा भेटेनरी चिकित्सक चन्द्रलाल धरालाले बताए । धरालाले भने यसलाइ आफनै सम्पती सम्झेर लागि परे अबस्य पनि राम्रो हुदै जाने बताए ।
चौरीको रौबाट बन्ने सबै खाले कपडा उत्पादन हुने र प्रत्यक्ष रुपमा स्थानीयले आम्दानी दिने भएकोले कर्णाली प्रदेश सरकारलाइ धन्यबाद दिदै बारम्बार अनुगमन र सुझाब सल्लाह दिने त्रिपूरा सुन्दरी नगरपालिका प्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।