मोबाइल अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र

जैतुन अनलाइन | 2019-11-03

कार्तिक १७ दुनै,डोल्पा : दुई सातादेखी सञ्चार बिहिन छ गाँउपालिका नागरिक उकुस मुकुस भएका छन । रुखमा चढेर,अग्ला डाँडामा पुगेर फोनबाट सुचना आदान प्रदान गर्छन नागरिकहरु ।
यो घटना डोल्पा मुड्केचुला गाँउपालिकाको हो जहा दुई साता देखी सञ्चार नै छैन । घण्टौ उकालो हिडेर जँगलको बिचबाट जगदुल्लाको टावरबाट सुचना आदान प्रदान गरि रहेका छन मुड्केचुला बासीहरुले ।
भारतिय आयस्था कम्पनीले जिम्मा पाएको ठेक्का ठेकेदारले समयमा सामाग्रि सम्बन्धीत ठाउमा पुर्याउन नसक्दा मुड्केचुला बासि सञ्चार बिहिन भएको मुड्केचुला गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिए ।
ठकुल्लाका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी ब्यववास्ता गरेकोले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए ।
आयस्था कम्पनीले नमस्ते मोबाईल टावरका सामान भने दुई बर्ष देखी रुकुम र डोल्पाको सिमानामा रहेको त्रिबेणीमा ल्याएर अलपत्र फालेको छ । सामानहरु अलपत्र छन स्थानीयले सञ्चारबाट बञ्चित हुन परेको छ नागरिकको दुख छिटै सम्बोधन हुने गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
भौगोलिक रुपमा निकै बिकट र जिल्लाको गरिबिको क्षेत्रका रुपमा परिचित मुड्केचुला गाँउपालिकाका सञ्चारले समेत ठगेको स्थानीय बिरबहादुर शाहीले दुख ब्यक्त गरे । उनले भने आकाशमा सञ्चार छ नागरिकको हातमा छैन सिँह मात्रै आए जनताको लागि दरबार कहिले आएन ।
भौगोलिक रुपमा निकै ठुलो र बिकासमा निकै पछि परे्को मानिने मुड्केचुला गाँउपालिकाका नागरिक सबै किसिमका सेवाबाट पछि परेका छन प्रदेश सरकारले गर्ने सबै काम गर्छ ठेकेदारको खोजी गरेर सञ्चार सेवा प्रदान गर्नमा लागि पर्ने प्रदश सभा सदस्य बिरबहादुर शाहीले प्रतिबद्धता जनाए ।
गत असोज २५ गतेदेखी चिनिया डिस्याट कम्पनीले आफनो स्याटलाइट बन्द गरेपछी हप्तौदेखी गाँउपालिका नै सञ्चार बिहिन छ । चिनिया डिस्याट कम्पनीसँग सम्झौता सकिएपछि नियमानुसार बन्द गरेकोले केन्द्रीय निर्णयअनुसार नै सुचारु हुने दुरसञ्चार कार्यालय डोल्पाका प्राबिधिक नबराज भट्टराईले जानकारी दिए ।
एक ठाँउबाट अर्को ठाँमा सुचना पूर्याउन मान्छे नै पुग्नु पर्ने बाध्यता रहेको स्थानीय केशरी बोहोराले बताइन । जती रुखमा चढेपनि सबै नागरिकले कुरा गर्न पाउदैनन सबैकले उकालो चढेर फान गर्न सक्ने अबस्था छैन सबै भन्दा कम्जोरी स्थानीय सरकारको भएको केशरीको आरोप छ ।
सञ्चार नै पहिलो भएकोले स्थानीय सरकारले सबै भन्दा पहिला सञ्चारमा जोड दिन स्थानीयले माग गरेका छन । बिरामी पर्दा र अपृय घटना घटेमा मृत्यू भन्दा अरु कुनै बिकल्प नभएको बमबहादुर बुढाले जानकारी दिए ।
जिम्मा पाएको आयस्था कम्पनीले ब्यवास्ता गरेकोले दुरसञ्चार प्राधिकरण र ठेकेदारबिच छलफल भई सञ्चार सुबिधा दिनुपर्ने गाँउपालिका अध्यक्ष शाहीको दाबी छ । शाही भन्छन न ठेकेदारले समयमा काम गरे न हामीलाइ गर्न दियो स्थानीय सरकारको कुनै दोष छैन ।
दुरसञ्चार प्राधिकरण र चिनिया स्याटलाइट कम्पनी डिस्याट बिच भएको सम्झौता सकिएपछि उक्त चिनिया कम्पनीले स्याटलाइट बन्द गर्दा मुढ्केचुला र काईके गाँउपालिकाका करिब १५ हजार भन्दा धेरै नागरिक नै सञ्चार बिहिन भएका हुन ।