कार्तिक १५ दुनै,डोल्पा : कर्मचारी अभाबले गर्दा डोल्पामा बिकास हुन नसकेको उधाेग पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँब बुढाले बताउनु भयो । मन्त्री बुढाले भन्नु भयो डोल्पामा बजेट जतिपनि छ तर कर्मचारी अभाबले समयमा बजेट खर्च भएन बिकास हुन सकेन ।
डोल्पाका सारकारी कार्यालयमा सबैभन्दा पहिला कर्मचारी आइ पुग्ने उद्योग,पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँह बुढाले बताउनु भयो । कर्णाली प्रदेशको पहिलो प्राथमिकतामा कर्मचारी डोल्पा पठाउने रहेको समेत मन्त्री बुढाले जानकारी दिनु भयो
डोल्पामा सामाजिक बिकास कार्यालयको उद्धघाटन गर्दै मन्त्री बुढाले डोल्पामा कर्मचारी अभाब रहेको र तत्तकाल कर्मचारी डोल्पा पठाइने बातावरण तयार गरि रहेको बताउनु भयो ।
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तरगतको शिक्षा निर्देशनालय सामाजिक बिकास कार्यालयको उद्धघाटनमा बोल्दै उद्योग,पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँह बुढाले यस्तो जानकारी दिनुभएको हो ।
भौगोलिक बिकटतालाइ मध्यनजर गरि जनताको जनगुणासो अनुसार नै प्रदेश सरकारका बिकासे ४ मन्त्रालयका दुईदुईवटा कार्यालय जिल्लामा राख्न गएको भदौ ६ गते कर्णाली प्रदेश सरकारले निर्णाय गरे अनुसार जिल्लामा धामधम कार्यालयहरु स्थापना भै रहेको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँह बुढाले जानकारी दिनुभयो ।
मन्त्री बुढाका अनुसार डोल्पामा कर्मचारी अभाब रहेको कारण प्रदेश सरकारले डोल्पालाइ पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने र बिकासका काम जनताले अनुभुति गर्ने गरि अघि बढाउने बताउनु भयो । बुढाले भन्नुभयो बजेटको कमी हैन कर्मचारी नहुदा बजेट कार्यान्वयन भएन डोल्पामा ।
कर्णाली प्रदेश सरकारले अब करारमा प्राबिधिक कर्मचारी लिने र डोल्पामा सबै कर्मचारीहरुको माग पूर्ति हुने भएकोले जनताले सेवा प्रभाबकारी पाउने बातावरण बनाउन मन्त्री बुढाले आग्रह समेत गर्नुभयो ।
बिकासकै कुरालाई जोड्दै जिल्लामा उपभोक्ताबाट भएका योजनाहरु अनियमितता भएको भन्ने कुरालाइ चिरफार गर्न प्रदेश सरकारले पनि अनुगमन गर्ने र जिल्ला समन्वय समिति र स्थानीय सरकारले बिशेष अनुगमन र निगारानी गर्न अनुरोध गर्नुभयो ।
जनताले पाउने सेवालाइ प्रभाबकारी बनाउन जिल्लाबाटै सेवा प्रबाह गर्नेगरि जिल्लामा नै कार्यालयको पस्थापना गरेको कार्यालय प्रमुख धनन्जय आर्चायले जानकारी दिनुभयो ।
आर्चायका अनुसार सामाजिक बिकास कार्यायलबाट शिक्षा,महिला तथा बालबालिका,अपाङ्ग,जेष्ठनागकि,श्रम र मुख्यमन्त्री रोजगार कार्याक्रम लगायतका कामहरु हुने र नागरिकले जिल्लाबाटै सेवा पाउने बताउनु भयो ।
हाल ६ वटा कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन । जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाइ मध्यनजर गरि एक सातामा केहि योजना सहित कार्यालयमा सबै कर्मचारी आइ पुग्ने कार्यालय प्रमुख धनन्जय आर्चायले जानकारी दिनुभयो ।
जिल्लामा कार्यालय मात्रै स्थापना गर्ने काम नगरेर जनताले बिश्वास गर्ने र सेवा पाउने गरि कार्यालयको स्थापना गर्न जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले आग्रह गर्नुभयो । बुढाले भन्नु भयो जनताले अझै बिश्वास गरेका छैनन पहिला जनतालाइ सेवा देउ सबैले सहयोग गर्नेछन ।