माथिल्लो डोल्पामा हेपाटाईटीस“बी” भयाभह बन्दै

जैतुन अनलाइन | 2019-10-20

कार्तिक ०३ डोल्पा:  प्राणघातक रोग हेपाटाइटीस“बी”माथिल्लो डोल्पामा निकै भयाबह बन्दै गएको छ ।
माथिल्लो डोल्पाका सबै जसो गााउहरुमा हेपाटाइटीस“बी”विकराल हुदै गएको पाइएको छ ।
केहि समय अगाडि डोल्पो महोत्सबको बेलामा डोल्पोबुद्ध गाउँपालिकाको धो मा कएक पाइला नेपालले गरेको बृहत स्वास्थ शिविरमा हेपाटाइटीस“बी” का बिरामी ठुलो संख्यामा भेटिएका हुन ।
निशुल्क शिबिरमा स्वास्थ जाँच गरिएका ३ सय ४३ जना मध्ये ७० जनालाइ हेपाटाइटीस बी पोजेटिभ देखिएको एकएक पाइला नेपालले तथ्याङ्क सार्वजानिक गरेको हो ।
कुल स्वास्थ्य परिक्षण गरेका बिरामीहरु मध्य तीस प्रतिशतमा हेपाटाइटीस“बी”पोजेटिभ देखिनु निकै ठुलो समस्या मात्रै नभएर विकरालनै भएको विर अस्पताल काठमाण्डौका बरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांसु केसीले बताए ।

                                                 “क्रिष्टल माण्टेन्ट बिद्यालयका बालबालिका समेत हेपटाईटिसका बिरामी”
जिल्लाको तथ्याकँ २० प्रतिशत रहेको भएपनी एकएक पाइलाले निकालेको तथ्याकँमा ३० प्रतिशत पाइएको हो । यो रोग लागेमा कलेजो सुनिदै जाने दुब्लाएर कम्जोर हुदै गएर अन्तमा ज्यान नै जाने हुने गरेको डाक्टर केसिले जानकारी दिए ।
हेपाटाइटीस“बी”को प्रकोप माथिल्लो डोल्पामा विकराल छ,प्रत्येक चार जनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ,यसरी प्रत्येक बर्ष संक्रमितको सङ्ख्या बड्दै गए महामारीकै रुपलिने निश्चित भएको केसीले दावी गरे ।
क्रिष्टल माउण्टेन बिद्यालयका एक सय जना बालबालिका मध्य १० जना बालबालिकाहरु हेपाटाइटीस“बी”का रोगि भेटिएका छन । कलिला बालबालिकहरुमा समेत हेपाटाइटीस“बी” बाट ग्रसित भएपछि रोगले झनै बिकराल अबस्था लिएको चिकित्सकहरु बताउछन ।
डा.केसी भन्छन यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मान्छेसँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मने वित्तिकै लगाइने हेपाटाइटीस बी विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बड्दै गएको जानकारी दिए ।
हेपाटाइटीस“बी”रोगका बिषयमा नागारिकलाइ कुनैपनि जानकारी नभएको पाइएकाले न्युनिकरणकालागि स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने डक्टर मेलीना हमालले बताइन ।
माथिल्लो डोल्पामा धो गाउँमात्रै नभएर,साल्दाङ्,भिजेर, छार्का,मुकोट,तिन्जे र फोक्सुण्डो लगायतका गाउँमा संक्रमण देखिएको छ ।
शिबिरमा स्वास्थ परीक्षणको क्रममा एकै घरका सम्पुर्ण परीवारमा हेपाटाइटीस बीको संक्रमण भेटिएको छ । साना चार देखि दश बर्षका बालबालिकालाई समेत हेपाटाइटीस बी को संक्रमण भेटिएको छ ।
हेपाटाइटीस“बी”न्युनिकरण गर्ने औषधि काठमाण्डौमा पाइने तर निकै महगो रहेको छ । यो रोगबाट बच्न प्रयोग गरेको सुई,सिरिन्ज लुगाफाटो प्रयोग नगर्ने,रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले जानकारी दिइन ।
हेपाटाइटीस“बी”रोगको बारे स्वास्थ कर्मिहरुलाइ समेत राम्रोसँग जानकारी छैन । त्यसैगरि स्थानीय स्यमं सेविका झनै अनबिज्ञ रहेकाछन् ।
रोगका बिषयमा थोरैमात्रै जानकारी भएको डोल्पोबुद्ध गाँउपालिका १ की स्यमं सेविका याङ्की गुरुङ्गले बताइन ।
याङकी भन्छिन गाउँमा हेपाटाइटीस“बी” को अवस्था विकराल भएको जानकारी पाउँदा पाउँदै पनि स्थानीय सरकारले कुनैपनि कार्यक्रम गरेन ।
प्राण घातक रोगले गाउँनै थलापर्ने अवस्थामा पुग्दा समेत न्युनिकरणकालागि जनचेतनामुलक कार्यक्रम नगरेकोे भन्दै स्थानीयले दुख ब्यक्त गरे ।
गाउँका अधिकाशं मान्छेलाइ रोगका बिषयमा कुनैपनि जानकारी नभएकाले पनि संक्रमित ब्यक्तिबाट रोग फैलँदै गएको स्वास्थकर्मीहरु बताउँछन् ।
                                                  पर्यटक त्रसित एकलाइ एचआइभि,तीनलाइ हेपाटाइटिस सी
हेपाटाइटीस“बी”को संक्रमण हेरक बर्ष बढ्न थालेपछि विभिन्न देशबाट आउने पर्यटक समेत क्रसितहुन थालेकाछन् ।
माथिल्लो डोल्पाका गाउँमा हेपाटाइटीसको संक्रमण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत कमी आउने खतरा बढेको पर्यटन ब्यवसायिको भनाइ छ ।
एकएक पाइला नेपालले गरेको स्वास्थ सिविरका क्रममा स्वास्थ परीक्षण गर्दा एचआइभी संक्रमित एकजना भेटिएको छ । त्यसैगरि ३ जनालाइ हेपाटाइटिस सी भेटिएको डाक्टर मेलिना हमालले जानकारी दिइन् ।