कार्तिक ०२ दुनै,डोल्पा: जिल्ला स्तरीय कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । जिल्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रर्दशनीमा राखेका थिए ।
उत्कृष्ठ कृषक समूह,सहकारी,कृषकहरुलाइ नगद,प्रमाणपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य साँसद बिरबहादुर शाहीले केशरको बिरुवामा पानि राखेर मेलाको उद्धघाटन गरेका थिए ।
जिल्लाभरका कृषकलाइ कृषि मेलामा सहभागि हुन भनेपनि भौगोलिक बिकटताका कारण सबै कृषक सहभागि हुन नसकेको कृषि बिकास कार्यालय डोल्पाले स्वीकार गरेको छ ।
तेलहन,दलहन र फलफुलले भरिपूर्ण रहेको मेलामा सयौ मानिसहरुले अबलोकन गरेका थिए । डोल्पामा अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन त्रिपूरा सुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले कृषकलाइ आग्रह गरे ।
मेलाले कृषकलाइ उत्साहीत जागरुक बनाएको र प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने कर्णाली प्रदेश सरकारका सदस्य सांसद बिरबहादुर शाहीले प्रतिबद्धता जनाए । शाहीले भने अघिल्लो आर्थिक बर्षमा कृषिमा डोल्पा उत्कृष्ठ नै भएको थियो यो बर्ष पनि राम्रो नतिजा ल्याउने आसा छ ।
मेलामा सहभागि कृषकले सानत्वना स्वरुप प्रमाणपत्र र नगद सहित सम्मान पाएका छन । मेलामा जिल्लाका अपत्यारीला स्याउ,ओखर,मुला,लौका, लगायत अन्य कृषी उत्पादन राखिएका छन भने स्याउ,आरुका जुस जाम र चाना पनि राखिएका छन ।
त्यसका साथै कोशेली घरका सामान समेत कृषि मेलामा प्रर्दशनी गरेर राखेका छन ।