फोक्सुण्डोमा साइकल यात्रा (फोटोफिचर)

जैतुन अनलाइन | 2019-10-18

“क्याराभान थिन्ले पदयात्रा नामाकरण गर्न सरकारलाई दवाब”

कार्तिक ०१ डोल्पा :  नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा पहिलो पटक ठुलो सँख्यामा साईकल ¥याली गरिएको छ । क्याराभान थिन्ले पदमार्ग नमाकरण गर्न दवाब स्वरुप पहिलो पटक साइकल ¥याली गरिएको हो ।
डोल्पाकै पहिलो साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले फोक्सुण्डो पदमार्गलाइ क्याराभान थिन्ले साईकल पदमार्ग राख्नुपर्ने भन्दै सरकारलाइ दवाब दिन फोक्सुण्डोमा पहिलो पठक साईकल यात्रा गरेको बताए ।
यहि असोज २६ र २७ गते दुईदिन १७ जना साईकल यात्रिहरुले फोक्सुण्डो तालमा साईकल ¥याली गरिएको बस्नेतले जाकारी दिए । भाष्करले भने डोल्पाले मात्रै हैन नेपालले क्याराभान फिल्मका नायक थिन्लेलुण्डुप लामालाइ र्बिस्यो तर हामीले साईकल यात्रा गरेर थिन्ले चिनाउने प्रयास हामीले थालेका छौ ।
देशकै चर्चित साईकल यात्रीहरुसहितको १७ जना साईकल यात्रीको टोलीले पहिलो पटक फोक्सुण्डोमा साईकल ¥याली गरेको छ । यस भन्दा पहिला पैदलमा एक पटक र रुकुमबाट एक पटक साईकल यात्रा गरि सकेको रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिए ।
ई.सं. १९२५ मा काठमाण्डौमा स्थापना भएको पानिक बाईक (पञ्चअष्ट नारायण साईकल) नामक सस्थाको बिशेष पहलमा डोल्पाको फोक्सुण्डोमा साईकल प्रर्दशनी गरेको साईकल यात्री बिजय रत्न साक्यले जानकारी दिए ।
साक्य भन्छन भिजिट २०२० मा पर्यटक भित्रयाउन सरकारलाइ सहयोग गरेकै हो तर भिजिट नेपाल २०२० एक पटक मात्रै आउछ हामीले हरेक दिन भिजिट गर्ने गर्नु नै नेपालको लागि सफलता हो ।
सबैले बिर्सन लागेका क्याराभान फिलमका नायक थिन्लेलुण्डुप लामाको नाम फेरि एक पटक बिश्वलाइ चिनाउन फोक्सुण्डोमानै साईकल यात्रा गरिएको र स्थानीय सरकार,निकुञ्ज,प्रदेश सरकारका साथै केन्द्र सरकारले बिशेष प्राथमिकतामा राखेर यो पदमार्ग थिन्ले कै नाममा नामाकरण गरे पर्यटक भित्रयाउन भिजिट नेपाल २०२० जहिले पनी हुने साक्यले दाबी गरे ।
बहिरा साईकल यात्रि ५१ बर्षिय उदयबहादुर श्रेष्ठ र रोशनकुमार श्रेष्ठ देखी पहिलो महिला साईकल यात्रि २३ बर्षिया दाडिकु सेर्पा समेतको टोलीले तिन्लेलाइ सम्झीदै फोक्सुण्डोमा साईकल यात्रा गरेको छन ।
बाटो निकै कठिन छ फोक्सुण्डो सम्म पूग्न एक जना हिड्न धौ धौ हुने बाटोमा साईकल यात्रा निकै चुनौतिपूर्ण रहेको दाडिकु सेर्पाले सुनाइन । बाटोमा सुचनामुलक कुनै पनि नक्साहरु छैनन पर्यटकले निकै दुख पाउने गरेको गुनासो सेर्पाले गरिन ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आन्तरीक पर्यटकलाइ प्रतिब्यक्ति एक सय लिन्छ तर त्यस बापत केहि सुबिधा दिएको छैन आन्तरीक पर्यटकको गुनासो छ । सुरक्षामा खर्टिका सुरक्षाकर्मि र निकुञ्जका कर्मचारीहरु ब्याबहारीक छैनन मनपरि चलाउछन साईकल यात्रि बिजयरत्न साक्यले दुख ब्यक्त गरे ।
साक्यले भने स्थानीयले गरेको स्वागत भने कहिले भुल्न नसकीने छ बस्न कुनै समस्या छैन थोरै सौचालयको ब्यवस्थापन भए स्वर्ग नै हो फोक्सुण्डो अनि भगवान नै हुन त्याहाका मान्छे ।
साईकल यात्रिहरुका लागि हिमालयन क्याम्पीयन ट्रेक एण्ड एक्सपेडिशन र एक्सप्लोर डोल्पो एण्ड एक्सपेडिशनले आर्थिक सहयोग गरेका छन भने केही सहयोग स्थानीय सरकार शे–फोक्सुण्डो गाँउपालिकाले समेत गर्ने भएको छ ।
२०७३ साल बैशाख १२ गते फोक्सुण्डोकै पदयात्रामा क्याराभान नायक थिन्लेको घोडाबाट लडेर निधन भएको थियो । थिन्लेकै नामबाट फोक्सुण्डोको पदयात्रामा क्याराभान थिन्ले साईकिलिङ पदयात्रा नामाकरण गर्न सके डोल्पामा पर्यटकहरुको सँख्या दुईगुणा बढ्ने साईकल यात्रीहरुको दाबी रहेको छ ।
फ्रान्सशेली नागरिक यरिक भ्यालीले निर्देशन गरेर बनाएको माथिल्लो डोल्पाको जनजिवनसँग जोडिएको फिलम क्याराभान ओस्कार जित्न सफल चलचित्र हो । क्याराभानका नायक थिन्लेको निधन पछि कसैले पनि सम्झन भने सकेका छैनन ।