असोज १२ डोल्पा : संघियताले एकै बर्षमा २ नाममा एकै कार्यालयको उद्धघाटन गराएको छ । डोल्पामा स्वास्थ्य कार्यालयको एक बर्ष भित्रमा दुई पटक कार्यालय उद्धघाटन भएको हो ।
गर्त बर्षको कार्तिक १२ गते जिल्ला जनस्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य कार्यालयमा परिवर्तन भएको कार्यालय एक बर्ष नपुग्दै फेरी जनस्वास्थ्य सेवा कार्यालयमा परिनत भई फेरी उद्धघाटन भएको छ ।
जिल्ला अस्पताल,आयूर्बेद र जनस्वास्थ्यलाइ एकै कार्यालय बनाएर जनस्वास्थ्य सेवा कार्यालय नाम दिएर जिल्लामा कार्यालय स्थापना गरिएको जनस्वास्थ्य अधिकृत रणलाल कुलालले जानकारी दिए । उनले भने स्वास्थ्य सेवा एकद्धार प्रणालीबाट प्रदान गर्न सहज बनाउन जनस्वास्थ्य सेवा कार्यालय बनाएको बताए ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसकारी कार्यालयलाइ बाहिर अन्यतत्र ब्यवस्थापन गरेर जनस्वास्थ्य कार्यालयसँगै आयूर्वेद कार्यालय राख्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले निर्देशन दिए ।
प्रजिअ केशरीले भने डोल्पामा अब स्वास्थ्य निकै जोखिम भएकोले जिल्लामै सबै प्रकारका सेवा प्रदान गर्नेगरि ब्वस्थापन गर्न सबै लाग्नुपर्ने बताए । हेलीकप्टरबाट मात्रै उद्धार सम्भब नभएकोले जिल्लामा भरपर्दो सेवा दिने ब्यवस्थापन गर्नुपर्ने बताए ।
तिनवटै कार्यालय एकै कार्यालयको माताहतमा भएपछी काम गर्न सहज भएको र अब नागरिकले स्वास्थ्य क्षेत्रमा राम्रै सेवा पाउनेमा बिश्वास लिएको अस्पताल प्रमुख डाक्टर सिजन रावलले बताए ।
अब तत्तकाल करार सेवामा राखेर भएपनी सुत्केरीको सल्यक्रिया सूरु गर्ने र प्रदेशसँग सहकार्य गरेर थप शल्यक्रियाका लागि पनि सेवा थप गर्न लागि पर्ने प्रतिबद्धता रावलले जनाए ।
जनशक्तिको पनि समस्या नहुने र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि सेवा तत्तकाल सूरु गरिदिए स्वास्थ्य सेवा प्रभाबकारी हुने डाक्टर रावलले जानकारी दिए ।