असोज ८ डोल्पा : स्थानीय सरकारलाइ शिक्षाको रकम डोजर आतङ्कमा नलगाउन समन्वय प्रमुखले आग्रह गरेका छन । जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले शिक्षामा स्थानीयस सरकार अग्रसर हुन आग्रह गर्दै शिक्षाको रकम डेजारमा खर्च नगर्न भनेका हुन ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमको जिल्ला स्तरीय नेतृत्व बिकास तथा पैरबी कार्यक्रमको समापनमा स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरुलाइ यस्तो सुझाब दिएका हुन ।
आफना बालापनका यर्थाथ कथा सुनाउदै भने शिक्षा नै समाज परिवर्तनको मुख्य मेरुदण्ड हो त्यसैले स्थानीय सरकारले शिक्षामा लगानी गर्न बिशेष प्राथमिकतामा राखेर लाग्नुपर्ने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए ।
सँघियता सूरु भएदेखी स्थानीय सरकारले लक्षीत बर्गको बजेट समेत डेजारमै लगानी गरेर डोजर आतंक मच्चाएको बुढाले आरोप लगाए । उनले भने सड्कले मात्रै बिकास हुदैन सबैभन्दा पहिला शिक्षाको बिकास हुन जरुरी छ नाकागरीक शिक्षित भए बिकासले गति लिन्छ ।
आगामी बर्षको जिल्ला सभाबाट नै जिल्लाका ८ वटै स्थानीयतहमा शिक्षाको बिशेष योजनाहरु पारित गरेर पठाउने प्रतिबद्धता बुढाले गरे । उनले भने स्थानीय सरकारले शिक्षामा लगानी बढाउनै पर्छ सड्क,भवन,बाटा संघिय र प्रदेश सरकारले गर्छ शिक्षा र स्वास्थ्यमा लगानी गर्न दवाब दिने बताए ।
साना नानीबाबुहरुले नै शिक्षाको ज्योति बोकेर सम्मुनत समाज,सुखि नेपाली र सम्बृद्ध नेपालीको सपना पुरा गर्ने भएकोले शिक्षामा बाधा अर्चन ल्याउने जो कोही अपराधी नै भएको भन्दै आक्रोस ब्यक्त गरे ।
घुमाउरो तरिकाले शिक्षकले आफनो काम नर्बिसन भन्दै पहिला आफना छोराछोरी सम्झेर बिद्यालयमा नियमित अध्यापन गराउन आग्रह गरे । राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमले जिल्लामा शिक्षामा नयापन ल्याएको भन्दै स्थानीय सरकारले त्यसलाइ बचाइ राख्न समेत सबैलाइ आग्रह गरे ।