पूर्वाधार बिकास कार्यालय खुलेपछि डोल्पाली खुसी जिल्ला समन्वले कार्यालय राख्न सहयोग

जैतुन अनलाइन | 2019-09-25

डोल्पा :

डोल्पामा पहिलो पटक पूर्वाधार बिकास कार्यालय खुलेको छ । एक बिशेष कार्यक्रमका बिच स्थापना भएको भौतिक पूर्वाधार बिकास कार्यालयको डोल्पाका नागरिकले स्वागत गरेका छन ।
कर्णाली प्रदेश सरकारले निर्णय गरे अनुसार भौतिक पूर्वाधार कार्यालय रुकुम पश्चिम चौरजहारीबाट डोल्पामा स्थापना गरिएको हो ।
हाल सम्म डोल्पाका नागरिकले भौतिक पूर्वाधारका सबै कामहरु रुकुमको चौरजहारी पुगेर भवन डिभिजन कार्यालय चौरजहारीबाट गर्ने गरेको थिए ।

भौतिक पूर्बाधार बिकास कार्यालयलाइ कार्यालय राख्न जिल्ला समन्वय समिति डोल्पाले पहिलाको प्राबिधिक कार्यालयमा राख्न सहयोग गरेकाे छ । डोल्पाका नागरिकले सेवा पाउछन भने कार्यालय राख्ने स्थानको ब्यवस्था गर्न कुनै कठिन नभएकोले हरबखत सहयोगकाे लागि तयार रहेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए ।

बुढाले भने जिल्लाको बिकासको लागि हामी सबै लाग्नुपर्ने र हामीसबै एक हुन जरुरी रहेकोले आफुले गर्न सक्ने कुनैपनी सहयोग गर्न कठिनाइ नभएको दावी गरे । तर जिल्लामा बिकासका कामले गति लिनुपर्ने बताए ।
डोल्पामा भौतिक पूर्वाधार बिकास कार्यालयको उद्धघाटन गर्दै प्रदेस साँसद बदमीक्वारा बोहोराले अब डोल्पाका नागरिकले पूर्वाधारका काम गर्न जिल्ला बाहिर जानुपर्ने दुखका दिन गएको बताएन ।
बोहोराले भनिन कुनैपनी काम जनताले जिल्लाबाटै लिन पाउनेछन अब प्रदेश सरकारका सबै भन्त्रालयका कार्यालय जिल्लामा रहेनछन ।
जिल्लामा कार्यालय स्थापना भएपछि डोल्पाका नागरिकले आफनै जिल्लाबाट सेवा लिन पाउनेमा खुसि ब्यक्त गरेका छन । अब कर्मचारी निरन्तर बसेर डोल्पाको बिकासमा सहयोग गर्ने भौतिक पूवाधार बिकास कार्यालय डोल्पाका प्रमुख ईन्जीनियर योगेन्द्र धरालाले प्रतिबद्धता गरे ।

पहिलो पटक जिल्लामा कार्यालय खुलेपछि डोल्पाले बिकासको गति लिनेमा डोल्पाका नागरिकमा आसा पलाएको छ । यस भन्दा पहिला भौतिक पूर्वाधार बिकासका काम गर्न रुकुम पश्चिम सुर्खेत जुम्ला जानुपर्ने बाध्यता रहेकाे थियाे । कार्यालय स्थापना भएपनी कर्मचारी नबस्ने हुन की भन्ने बारे भने नागरिकहरु ससङ्कीत रहेका छन ।