माथिल्लो डोल्पाकाे डोल्पोबुद्ध गाँउपालिकामा वर्लडलिङ्कको निशुल्क इन्टरनेट सूरु

जैतुन अनलाइन | 2019-09-25

डोल्पा :  सञ्चारको पहुच नपुगेको माथिल्लो डोल्पामा वल्र्डलिङ्कको निशुल्क ईन्टरनेट सुबिधा जडान गरिएको छ ।
डोल्पोबुद्ध गाँउपालिकाको ६ वटै वडामा ल्र्डलिङ्कको निशुल्क ईन्टरनेट सेवा प्रदान गरेको छ । गाँउगाँउमा निशुल्क ईन्टरनेट चलाउन पाउदा स्थानीय दङ्ग परेको स्थानीय वाङचुक गूरुङले जानकारी दिए ।
बिश्वको अग्लो मानव बस्ति रहेको डोल्पोबुद्ध गाँउपालिकाको धो तराप उपत्यकामा ल्र्डलिङ्कको ईन्टरनेट चलाउन पाउदा स्थानीयको खुसिले गदगद भएको ग्याल्बो भोटे थापाले बताए ।


बिद्यालय,स्वास्थ्य सँस्था,वडा कार्यालय र गाँउपालिकाको कार्यालयमा ल्र्डलिङ्कले निशुल्क ईन्टरनेट जडान गर्ने सम्झौता अनुसार माथिल्लो डोल्पाको डोल्पोबुद्धमा पहिलो पटक ईन्टरनेट जडान गरि जनतलाइ सेवा प्रदान गरिएको ल्र्डलिङ्कका प्राबिधिक पवन बोगटीले जानकारी दिए ।
हाल स्थानीय सरकार,दुरसञ्चार प्राधिकरण र ल्र्डलिङ्क बिच भएको सम्झौता अनुसार हाल ५१२ एमबिपिएस इन्टरनेट सेवा प्रदान गरिएको प्राबिधिक रुपेस बिसिले जानकारी दिए ।
नेपाली सेनाको हेलीकप्टरबाट चार्टर गरेर माथिल्लो डोल्पामा ल्र्डलिङ्कको ईन्टरनेट जडान गरि सेवा प्रदान गरिएको डोल्पोबुद्ध गाँउपालिकाका अध्यक्ष तेम्बा गूरुङले बताए ।


उनले भने हामी जनता सञ्चारको पहुचमा पुगुन भन्ने उद्धेश्यमा काम गरि रहेका छौ तर भौगोलिक बिकटताले निकै समस्या पारेको छ ।
एक बर्ष पहिला थोरे क्षमताको नमस्ते मोवाइलबाट कुरा गर्ने अबस पाएका धो तराप बासिले माथिल्लो डोल्पामा सबै भन्दा पहिला ईन्टरनेट चलाउन पाएका हुन ।
अहिले घरमै बसेर स्थानीयले हात हातमा बिश्वका घटना र समाचार हेरी रहेको देख्दा हामी सहि ठाउमा आएर सेवा दिएछौ भन्ने महशुस भएको ल्र्डलिङ्कका प्राबिधिक बिष्णु गूरुङले दावी गरे ।
डोल्पो महोत्सबलाइ लक्षित गरि जडानको लागि पहल भएपनी हेलीकप्टरको कारण ढिला भएको र डोल्पो महोत्सबको सुचना समयमा बाहिर दिन नसकेको ग्याल्बो थापा भोटेले बताए ।
ल्र्डलिङ्ककले माथिल्लो डोल्पाका सबै क्षेत्रमा नि शुल्क ईन्टरनेट सेवा प्रदान गर्ने बताएको छ । तल्लो डोल्पाका धेरै जसो क्षेत्रमा आफनो सेवा बिस्तार गरि सकेको छ ।