नेपाली कांग्रेस डोल्पाले गर्यो सरकार बिरुद्ध बृहत बिरोध प्रदर्शन

जैतुन अनलाइन | 2019-09-25

असोज ७ डोल्पा : नेपाली कांग्रेस डोल्पाले जिल्लामा पहिलो पटक सरकार बिरुद्ध बृहत प्रदर्शन गरेको छ । दोस्रो राष्ट्रिय जनजागरण अभियान समापन सँगै सरकारको बिरोध सभा समेत गरेको पहिलो पटक हो ।
कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार भदौ २४ गतेबाट सूरु भएको दोस्रो चरणको जनजागरण अभियानको समापन कार्यक्रमा सरकारको बिरोध पर्दन समेत गरेको हो ।


नेपाली कांग्रेस डोल्पाका सभापति अंगतकुरमार बुढाले प्रतिपक्षलाई अहिलेको सरकारले अधिनायकबादीे हेपेर पेलेर लगेको आरोप सममेत लगाए ।
डोल्पामा झनै ठुलो अधिनायक बाद मौलान थालेको भन्दै अब नेपाली कंग्रेसले कुनै पनि हालतमा त्यस्तो अधिनायकबाद सहन नसक्ने आक्रोस ब्यक्त गरे ।


जाजरकोट निर्बाचन क्षेत्र (क) का प्रतिनिधि बेदराज सिंह,जुम्ला निर्बाचन क्षेत्र (ख) का प्रतिनिधि भिम निधि हमाल र डोल्पाकी पूर्ब सभासद दुधकुमारी हमाल लगायतले सरकार र राष्ट्रप्रमुखले गरेको ब्यावाहारको चर्को अलोचना र बिरोघ गरे ।
त्यसैगरि नेपाल कम्यूष्निट पार्टी (नेकपा) का कार्यकर्ता कर्णाबहादुर शाही र लोकबहादुर चलाउने सहित ४० जना भन्दा धेरैले एकै साथ नेपाली कांग्रेसमा प्रबेश गरेको पार्टी सचिव जयस उपाध्याय जयले जानकारी दिए ।


सरकारले बिभिन्न क्षेत्रमा नेपाली कांग्रेसलाइ गरेको हेपुवा ब्याबाहर र दुई तिहाइको दम्बलाइ डोल्पामा नेपाली कांग्रेसले खुलेरै बिरोध जतिबेला पनि गर्ने जिल्ला सभापति अँगदकुमार बुढाले ठोकुवा गरे ।
बुढाले भने डोल्पामा भ्रष्टाचारी मौलादै गएकोले ति भ्रष्टचारीहरुको पनि दिन धेरै नभएको र नेपाली कांग्रेसले कुनै हालतमा नछा्डने जिकिर गरे । जनजागरण अभियानको समापनमा बोल्ने अधिकाँश बक्ताहरुले सरकारको बिरोधमै समय खर्चेका थिए ।