असोज ५ डोल्पा : डोल्पाका सबै स्याउ बगैचा रातै भएका छन । तर बजार पाउनै कठिन भएपछी कृषकहरु चिन्तामा परेका छन ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने रंग गाउँ यतिखेर स्याउले रंगिएको छ । स्याउका रुखमा हाँगै भाचिने गरि लटरम्म स्याउफलेपछि गाउँनै स्याउले रंगिएको हो ।
२ सय २० घरधुरी रहेको रंग गाउँका सबैले ब्यवसायिक स्याउ खेती गर्ने गरेका छन तर उनिहरुले कहिले बजार पाउन सक्दैनन । एक परिवारले ५० देखि पाँचसय बोटसम्म स्याउ रोपेकाछन् ।
डोल्पामामात्रै १३ सय १० हेक्टर जमिनमा स्याउलगाइएकोमा ७ सय ८६ हेक्टरमा स्याउउत्पादनहुने कृषिज्ञान केन्द्र डोल्पाले जनाएको छ ।
रंग गाँउमा मकै, कोदो, चिनो, फापर लगाउने खेती लगाउन छाडेर गाँउलेहरु स्याउ खेतीमा जुटेका छन ।
जिल्लाभर स्याउ खेती बढ्दै गएपछी बजार पाउने चिन्ता कृषकमा झनै बढ्दै गएको छ । बगैचामा फलेको स्याउ आधा बारीमा त आधा घरमा कुहिएर जाने हुदा ठुलो दुखको महशुसहुने कृषक कमला बुढाले बताइन ।
कमला भन्छीन आफैले रोपेको स्याउ फल्दा जति खुशी हुन्छौ तर बिक्रि नहुदा सबैभन्दा दुख लाग्ने गर्दछ ।उनि भन्छीन निशुल्क भएपनी आउ भन्नुपर्ने बाध्यता छ ।
रेड,डेलिसियस,गोल्डेन,चक्लेटी,लगाएतका जातका स्याउ लगाएको छु अब फल्ने बेला भयो तर फलेका स्याउले नै बजार पाएका छैनन भोली के गर्नेहोला भन्ने चिन्ता लाग्छ अर्का कृषक श्रीदल बुढाले चिन्ता ब्यक्त गरे् ।
“सड्क छ पुल छैन गाडी गुड्दैन”
नेपालगञ्ज देखी डोल्पाको सदरमुकाम दुनै सम्म सड्क पुगेको छ तर गाडी गुड्दैन त्यसैले डोल्पाको स्याउ शहर सम्म जादैन ।
जाजरकोट–डोल्पा सडकमा पुल नबन्नाले पनि कृषकको स्याउले ठुलो बजार नपाउने गरेको कृषक प्रकाश बुढाले बताए ।
प्रकाश भन्छन गाडी भएको भए शहरका ठुला र राम्रो बजार पाउने थियो,अहिले डोकोमा बोकेर गाउँगाउँ डुलाएर स्याउ बिक्रिगर्न बाध्य छन कृषक ।
डोल्पामा हाल तीस रुपैयामा प्रतिकिलो स्याउ पाइन्छ । कृषकले स्याउ बगैचामा कुहिनु भन्दा सस्तोमा बिक्री गर्ने गरेका हुन । रंग गाउँमामात्रै बार्षिक ९० टनभन्दा धेरै स्याउ उत्पादनहुने कृषकहरुको दावी छ ।
डोल्पामा मात्रै जहजाले चार्टर गरेर लग्ने हो भने कम्तीमा पनि एक सय भन्दा धेरै वटा चार्टर गरेर नेपालगञ्ज सुर्खेत लैजानुपर्ने हुन्छ ।
जहाजबाट चार्टर गरेर लैजादा महगो पर्ने र यात्रु बोक्नै धौधौ भएको बेलामा स्याउ बोक्ने अबस्था नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भिमबहादुर धरालाले जानकारी दिए ।
धराला भन्छन डोल्पामा कर्णालीमै स्वादिष्ट एवम् अर्गानिक स्याउ उत्पादनहुने जिल्लाको रुपमा समेत चिनिन्छ ।
जिल्लाको रंग जस्तै जुफाल, डाँगीबाडा, सुँ,जिँउ,त्रिपुराकोट,रिमी,नर्कु,कालिका,लिकु,माझफाल,दुनै,शहरतारका कृषहरुले पनि ब्यवसायिक स्याउ खेतीगर्दै आएकाछन् ।
जुफाल,तिप्ला,लोचा र रंग सुँउजीउमा कृषकले फलाएको अर्गानिक स्याउलाई नेपालगन्ज,सुर्खेत,भैरहवा र काठमाण्डौ लगायतका शहरमा पु¥याउन ढुवानी अनुदानको ब्यवस्था गरिएपनी हाल त्यो सुबिधा हटाइएको छ ।
सडकको पहुँच पुगेपनि सिधा सडक यातायात गाउँगाउँ सम्म सडकको पहुँच नपुग्दासम्म कृषकले उत्पादन गरेको स्याउ खेर नजाओस भनेर सोलार ड्रायरबाट स्याउको चानाबनाएर बिक्रिगर्न नगरका ८० घरधुरी लाभान्वितहुने गरि सोलार ड्रायर वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले जानकारी दिए ।
डोल्पामा मात्र बर्षेनी १४ सय ३८ मेट्रिकटनको हाराहारीमा स्याउ उत्पादनहुने र उत्पादन भएजतिकौ सबै बिक्रिभएको भएडोल्पामा स्याउबाटमात्रै एक करोड आम्दानी कृषकले गर्ने कृषिज्ञान केन्द्र डोल्पाका प्राविधिक सहायक बुद्धी बुढाथोकीले दावी गरे ।