सँबिधान दिवसमा महिला भलिवल प्रतियोगितामा प्रदेस सांसदको टोली बिजयी

जैतुन अनलाइन | 2019-09-20

असोज ३ डोल्पा :  संबिधान दिवसको अबसरमा खेलीएको महिला भलिबलमा प्रदेश सांसलको टोलीले कर्मचारीको टिमलाइ पराजित गरेको छ ।
त्रिपूरा सुन्दरी नगरपालिकाले त्रिपूराकोट बगरमा आयोजना गरेको महिला भलिवल प्रतियोगितामा कर्णाली प्रदेश सांसद बदमीक्वारा बोहोराको टिम बिजयी भएको हो ।
कर्मचारी टिमलाइ सोझो सेटमा पराजित गर्दै महिला भलिबलमा प्रथम भएको त्रिपूरा सुन्दरी नगरपालिकाले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सांसद बदमीक्यावारा बोहोरा बिहान दुनैमा संबिधान दिवसको प्रभातफेरी कार्यक्रममा सहभागि भएर दिउसो त्रिपूराकोटमा भएको महिला भलबलको प्रतिनिधित्व गर्न पुगेकी थिइन ।


कर्मचारीको तर्फबाट गौरी माला कारले नेतृत्व गरेकी थिइन भने जनप्रतिनिधिबाट प्रदेश सांसद बोहोराले गरेकी हुन । डोल्पामा संबिधान दिवसमा महिलाहरुको कर्मचारी र जनप्रतिनिधि बिचको भलिवल खेल यो पहिलो हो ।
प्रदेश सांसद बोहोरा भन्छीन खेलले स्वस्थ्थ राख्छ नै त्यो भन्दा आत्मीयता बढाउने रहेछ पहिलो पटक खेलमा सहभागि भए तर जिन्दगीको सबै भन्दा खुसिको क्षण रह्यो ।


निकै हर्ष र उल्लासमा भएको खेलमा दर्शकको घुईचो लागेको थियो । महिलाहरुले पनि खेल खेल्न सक्छन र हरेक कुराको जिम्मेवारी लिन सक्ने क्षमता छ भन्ने प्रमाण पनि रहेको महिला भलिबल खेलाडीहरुको दाबी रहेको छ ।
महिलाहरुलाइ घर चुलो र भान्सा अनि मेलापातमा मात्रै सिमित हुनुपर्छ भन्ने कुराको अन्तको एक सकारात्मक सुचना भएको खेलाडी तथा महिला नेत्री उर्मिला बिश्वकर्माले ठोकुवा गरिन ।