पञ्चेवाजा सहित संबिधान दिवस मनाइयो (तस्बीर र भिडीयो)

जैतुन अनलाइन | 2019-09-20

असोज ३ डोल्पा :  डोल्पामा पनि संबिधान दिवस बिशेष रुपमा मनाइएको छ । पञ्चेवाजा सहित बजार परिक्रमा गरेर बृहत र्यालीका सात संबिधान दिवस मनाइएको हो ।
संबिधान दिवस भब्यरुपमा दिवस मनाइएको हो । भुगोलामा अधिराज्यकै ठुलो जिल्ला डोल्पामा बल्ल मात्रै संबिधानबारे नागरिक जानकारी हुन थालेको पाइएको छ ।
घरघरमा दिपप्रज्यवलन,सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डाले झिलीमिली पारे संबिधान दिवस मनाइ रहेका छन डोल्पाका नागरिकले ।
सरकारी कर्मचारीहरु,सेना,प्रहरी,बिद्यालयका बालवालिकाहरुको निकै ठुलो जमाथ संबिधान दिवसमा निष्कीएको थियो ।

निकै हर्ष उल्लासका साथ माध्यामिक बिद्यालय स्तरीय हाजिरि जवाफ प्रतियोगिता,महिलाहरुको म्यूजिकल चियर खेल पनि सञ्चालन गरिएको छ ।
त्यसैगरि बिभिन्न नृत्यहरु,जिल्ला समन्वय प्रमुख बिरुद्ध प्रमुख जिल्ला अधिकारीको मैत्रिपूर्ण फुटबल समेत गरेर संबिधान दिवस मनाइ रहेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।
कर्मचारी र बिद्यार्थिहरुको उल्लेख्य उपस्थिति रहेपनी जनप्रतिनिधिहरुको भने संबिधान दिवसमा चासो नै रहेको पाइदैन । जिल्ला समन्वयका प्रतिनिधिहरु बाहेक अन्य जनप्रतिनिधिहरु उपस्थित रहेका छैनन ।
कर्णाली प्रदेश साँसद बदमीक्वारा बोहोराले उपस्थिति जनाएकी छिन भने अन्य कार्यक्रमले संबिधान दिवस डोल्पामा बिशेष भैरहेको छ ।

https://www.youtube.com/watch?v=qkOqxenWTP0