डोल्पाबुद्ध गाँउपालिकामा नेपाल कम्यूनिष्ट (नेकपा)को गाँउ कमिटी गठन

जैतुन अनलाइन | 2019-09-20

डोल्पा ३ असाेज:  डोल्पोबुद्ध गाँउपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को गाँउ कमिटी गठन भएको छ । शुक्रबार एक कार्यक्रमका बिच गाँउ किमीटिको घोषणा गएिको हो ।
सँयोजक ग्याल्बो भोटे थापा र सहजकर्ता चन्द्रमान रोकायाको बिशेष पहल र सहकार्यमा पार्टीको एकिकरण तथा गाँउ कमिटी गठन भएको सँयोजक ग्याल्बो भोटे थापाले जानकारी दिए ।
तेन्पा गूरुङको अध्यक्षतामा ६३ सदस्यीय गाँउ कमिटी चयन भएको छ । तन्पा गूरुङ अध्यक्ष रहेका छन भने धावा गुरुङ सचिव सर्वसम्मत चयन भएको सँयोजक ग्याल्बो भोटे थापाले जानकारी दिए ।
ग्याल्बोले भने पार्टीको केन्द्रयि सहमती र जिल्लाको निर्णयानुसार नै डोल्पोबुद्ध गाउपालिकामा गाँउ कमिटी गठन भएको छ । नेकपाको बाहुल्यता रहेको गाँउपालिका भएको कारण सबै क्षेत्रमा सहजै सहमती भएको छ  र आजै सबै ६३ जनालाइ नै पद तथा गाेपिनयताकाे सफत ग्रहण खुवाइएकाे छ ।


पार्टी एकिकरण तथा गाँउ कमिटी गठनमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य हँशबहादुर शाही र जिल्ला कमिटी सदस्य बबिकिशोर गूरुङले बिशेष भुमिका खेलेको थापाले बताए ।
डोल्पा जिल्ला पार्टी कार्यालयको प्रथम बैठकले स्थानियतहका पार्टी कमिटि एकिकरण र गठन नभएका नगर, गाउ र वडा कमिटिको एकिकरण गर्नका लागि जिल्ला कमिटिका सदस्यहरु सबै क्रियाशिल र सहभागि गराउने गरी नगर, गाउ र वडा कमिटि एकिकरण गर्न जिल्ला कमिटि सदस्यहरु परिचालन गरेको थियो ।


यस भन्दा पहिला माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाँउपालिकामा पार्टी एकीकरण तथा गाँउ एबम वडा कमिटि गठन भै सकेको छ । डोल्पोबुद्ध गाँउपालिका दोस्रो गााउपालिका भएको छ पार्टी एकीकरण तथा गाँउ कमिटी गठन गर्नेमा ।
डोल्पोबुद्ध गाँउपालिकामा ६३ सदस्यको गाँउ कमिटी सर्वसम्मत चयन गरिएपनी वडा कमिटी भने गठन हुन बाँकी रहेको सहजकर्ता चन्द्रमान रोकायाले जानकारी दिए । उनले भने अब वडा स्तरमा पनि तत्तकाल सहमतीय हिसाबमा एकीकरण तथा गठन हुनेछ ।
माथिल्लो डोल्पाको छार्का ताङसोङ गाँउपालिका मात्रै बाँकी छ भने तल्लो डोल्पाको ठुलीभेरी नगरपालिका,त्रिपूरा सुन्दरी नगरपालिका र काईके गाँउपालिकामा एकीकरणका काम बाँकी रहेको छन ।