असाेज ३ डोल्पा: डोल्पामा पनि संबिधान दिवस बिशेष रुपमा मनाइदै छ । बिहान देखी बिभिन्न कार्यक्रम गरेर दिनभर मनाइएको छ ।
संबिधान दिवसकै अबसरमा जिल्ला समन्वय प्रमुख भरसेष प्रमुख जिल्ला अधिकारी बिच मैत्रिपुर्ण फुटवल प्रतियोगिता भएको छ ।
दुनै बजारको खेलकुदमा भएको मैत्रिपूर्ण खेलमा प्रजिअको टिमले समन्वय प्रमुखको टिमलाइ २ का बिरुद्ध ३ गोल गरेर कर्मचारी टोली बिजयी भएको छ ।
संबिधान दिवसको आयोजक जिल्ला समन्वय प्रमुखको नेतृत्वमा रहेको जनप्रतिनिधिको टोलीले दुई गोल गर्न सफल रहेको थियो । खेलबाट कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध आत्मीयता बढेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।
खेलकुदले स्वस्थ रहने कुरा त छदैछ एक आफसमा सम्बन्ध पनि बढ्ने भएको हुदा खेलकुख अति महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
कर्णाली प्रदेश साँसद बदमीक्वारा बोहोराले उपस्थिति जनाएकी छिन भने अन्य कार्यक्रमले संबिधान दिवस डोल्पामा बिशेष रुपमा मनाइएको छ । साँझ सबै कार्यालयहरुमा दिपावली गरेर पनि मनाइएको छ ।