असाेज २ डोल्पा : डोल्पाको सूपानिबाट दुनै आउदै गरेको जिप दुर्घटना भएको छ । भे १ च १९१५ नम्बरको बोलेरो जिप ठुलीभेरी नगरपालिकाको भेत्तीमा दुर्घटना हुदा २ जना घाइते भएका छन ।
बिहान ६ पैतालिस बजे त्रिपूरा सुन्दरीको सूपानिबाट दुनै सदरमुकाम तिर आउदै गरेको जिप भेत्तीमा सड्कबाट ६० मिटर तल खसेपछि २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा जिपधनी चन्द्ररुप कठायतका छोरा २० बर्षका नरेन्द्र कठायत र १३ बर्षका आकाश बि.क. रहेको र नरेन्द्र कठायतको टाउकोमा चोट लागेको हुदा दुबै जनालाइ जिल्ला अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिप दुर्घटना भएपछि चालक सुमन बस्नेत फरार भएको र ९ बजे त्रिपूरा सुन्दरीको करोपगाड प्रहरीले पक्राउ गरेको प्रहरी नयाव उपरिक्षक नारायाण रञ्जितकारले जानकारी दिए ।
जिप दुर्घटना के कति कारणले भएको हो भन्नेबारे चालक जिल्लामा ल्याएपछी अुनसन्धान हुने र सोहि अनुसार कारवाही डिएसपी रञ्जितकारले जानकारी दिए ।
हाल सम्म दर्जन भन्दा धेरै दुर्घटनाहरु भैसकेका छन भने १८ जनाको ज्यान समेत गैसकेको छ । अधिकाँश दुर्घटनाहरु चालकको लापरवाही र अध्याधिक गतिका कारण हुने गरेको स्थानीयको दावी रहेको छ ।