मुड्केचुलाका १,३ वडा कार्यालयमा आगलागी ‘वडा कार्यालय जलेपछि सेवा प्रभाबित’

जैतुन अनलाइन | 2019-09-18

असोज १ डोल्पा ÷ डोल्पाको मुड्केचुला गाँउपालिकाका दुईवटा वडा कार्यालयमा आगलाी भएको छ । गाँउपालिकाको वडा नम्बर १ र ३ नम्बर वडा कार्यालयमा आगलागी भएको हो ।
भदौ २८ गते राति बजेतिर अकस्मात सोलारको तार सर्ट भइ आगलागी हुदा वडा कार्यालय जलेर करिब १५ लाख बराबरको क्षेति भएको प्रहरीले जानकारी दिएको छ ।


आगलागीबाट कार्यालयका फर्निचर,वल्र्डलिँकको सबै सामान,कागजात,प्रिन्ट लगायत अन्य सामाग्रीहरु सबै नष्ट भएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त बोहोराले जानकारी दिए ।
अध्यक्ष बोहोराका अनुसार सामान केहि छैन कागजत जलेर खरानी छन नागरिकलाइ सेवा प्रदान गर्न समेत कठिन भएको बताए ।
आगालागी के कसरी भयो भन्नेबारे खास जानकारी नभएकोले किनै ठुलो समस्या परेको र तत्तकाल सेवा प्रबाहको लागि गाँउपालिकासँग पहल गरिरहेको वडा अध्यक्ष बोहोराले जानकारी दिए ।