दलित बालवालिकाले अध्ययन गर्ने हिमज्वतीले मनायो रजत जयन्ती

रामचन्द्र न्यौमाने : जैतुन अनलाइन | 2019-09-18

असोज ०१ डोल्पा:  हिमाली जिल्ला डोल्पामा संञ्चालनमा रहेको एक विद्यालयले रजत जयन्ती मनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत लोँकामादलित बिद्यार्थि पठनपाठन गर्नेगरि खोलिएको हिमज्वती आधारभुत विद्यालयले २५ औ बर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाएको हो ।
तत्कालिन समयमा बाहुनबादी समाज त्रिपुराकोटमा छुवाछुतले बिकराल रुपलिँदाथुप्रै चुनौतिका बावजुत दलित गाउँका विद्यार्थीहरुमात्रै पठनपाठन गर्ने गरि विद्यायल स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक तुलबहादुर बिष्टले बताए ।
त्यस समयमा विद्यालयमै छिमेकी बिद्यालयहरुमा माथिल्लो जातका बिद्यार्थि र स्यमं शिक्षकलेनै सार्वजानिक रुपमा विभेद गर्ने गरेकाले त्यतिखेर दलित बिद्यार्थिहरु शिक्षा पाउने मौलिक अधिकारबाट समेत बञ्चितहुनु परेको स्मरण समेत गरे ।
जिल्लाका संञ्चालित आधारभुत विद्यालय अन्य आधारभुत विद्यालयहरुका माझछुट्टै पहिचाहान बनाउन सफल यस बिद्यालयमा हाल दलित बिद्यार्थिमात्र नभई अन्य जातका बिद्यार्थिहरु समेत पठनपाठनकालागि आउने गरेकाछन् ।


विस २०५१ सालमा स्थापना गरिएको यस बिद्यालयले रजतजयन्तीसम्म आइपुग्दा विभेद बिरुद्धको समाज निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कर्णाली प्रदेशसभा सांसद पद्मी कुमारी बुढाले बताईन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सांसद बुढाले डोल्पाका अन्य बिद्यालयले पनि शिक्षक बिद्यार्थि र अभिभावक बिच सुमधुर सम्बन्ध कायम गर्दै वर्तमान परिवेश सुहाउँदो शिक्षा प्रदानगर्न जोड दिनुपर्ने बताईन् ।
कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको यस बिद्यालयमा ७२ जना बिद्यार्थी रहेको अध्ययन गरिरहेकाछन् भने यसमा ९० प्रतिशत दलित र १० प्रतिशतमात्रै अन्य जातका बिद्यार्थिहरुले अध्ययन गरिरहेकाछन् ।
कार्यक्रलाई भव्य रुपमा सफल बनाउन नगर उप प्रमुख चन्द्र कुमारी बुढा,निमित्त प्रमुख प्रशासकिय अधिकृत अधिकृत हिराचन्द्र धराला,वडा नं १ का अध्यक्ष कर्मसिँह थापा,छिमेकी बिद्यालयका प्रधानाध्यापक एवम प्रतिनिधिशिक्षाप्रेमीसमाजसेवी, पुर्व बिद्यार्थि,युवा तथा अभिाभावकको उल्लेख्य सहभागिता रहेको थियो ।
रजत जयन्तीका अवसरमा यस बिद्यालयका शिक्षक शिक्षिक,पुर्व बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष,जग्गादाता, अभिभावक लगाएतलाई प्रसंसापत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममास–साना बिद्यार्थिहरुले बिभिन्न किसिमका नृत्य तथा सन्देशमुलक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने अध्यक्षता ग्रहण विव्यस अध्यक्ष गोपा सार्कीले गरेका थिए ।