क्याराभान ठिन्ले पदयात्रा राख्न फोक्सुण्डोमा साइकल -याली

जैतुन अनलाइन | 2019-09-09

भादौ २३ डोल्पा  ÷ नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा साईकल ¥याली हुने भएकोे छ । क्याराभान फिलमका नायक थिन्लेलुण्डुप लामाको नाममा पदमार्ग राख्ने पहल गर्न पहिलो पटक साइकल ¥याली गर्न लागिएको हो ।


डोल्पाकै साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले क्याराभान थिन्ले साईकल पदमार्ग राख्नुपर्ने भन्दै सरकारलाइ दवाब दिन असोज २६ र २७ गते फोक्सुण्डो तालमा साईकल ¥याली गन लागिएको बताए ।
देशकै चर्चित साईकल यात्रीहरुसहितको २० जना साईकल यात्रीको टोलीले पहिलो पटक फोक्सुण्डोमा साईकल ¥याली गर्ने भएको हो । यस भन्दा पहिला पैदलमा एक पटक र रुकुमबाट एक पटक साईकल यात्रा गरि सकेको रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिए ।


भिजिट २०२० मा पर्यटक भित्रयाउन सरकारलाइ सहयोग गर्न र सबैले बिर्सन लागेका क्याराभान फिलमका नायक थिन्लेलुण्डुप लामाको नाम फेरि एक पटक बिश्वलाइ चिनाउन फोक्सुण्डोमानै साईकल यात्रा गर्न लागेको बस्नेतले दावी गरे ।
२०७३ साल बैशाख १२ गते फोक्सुण्डोकै पदयात्रामा क्याराभान नायक थिन्लेको घोडाबाट लडेर निधन भएको थियो । थिन्लेकै नामबाट फोक्सुण्डोको पदयात्रामा क्याराभान थिन्ले साईकिलिङ पदयात्रा नामाकरण गर्न सके डोल्पामा पर्यटकहरुको सँख्या दुयगुण बढ्ने साईकल यात्री निष्मा श्रेष्ठले बताइन ।


क्याराभान फिलमको सबै भन्दा राम्रो निर्देशन देख्न पाइने फोक्सुण्डो तालमा याक खसाएको क्षेत्रमा नै थिन्लेकै नाममा पदमार्ग नामाकरण गरि साईकल यात्रा गराउन पाए स्वदेशी मात्रै हैन बिदेशी पर्यटक समेतको आर्कशन बढ्ने अर्का साईकल यात्री मनोजले जानकारी दिए ।
फ्रान्सशेली नागरिक यरिक भ्यालीले निर्देशन गरेर बनाएको माथिल्लो डोल्पाको जनजिवनसँग जोडिएको फिलम क्याराभान ओस्कार जित्न सफल चलचित्र हो । क्याराभानका नायक थिन्लेको निधन पछि कसैले पनि सम्झन सकेको छैन ।