मुड्केचुला गाँउपालिकामा प्रथम अध्यक्ष कप

जैतुन अनलाइन | 2019-09-09

भदौ २३ डोल्पा÷ डोल्पाको मुड्केचुला गाँउपालिकामा प्रथम अध्यक्ष कप सूरु भएको छ । गाँउपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप खेलकुद सुरु भएको हो ।
आइतबारदेखी सूरु भएको प्रथम अध्यक्ष कपमा गाँउपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाएका छन । सबै वडाका खेलाडीहरुले प्रथम अध्यक्ष कपमा सहभागिता जनाएका हुन ।
अध्यक्ष कपमा महिला तथा पूरुष भलिबल,फुटवल,ब्याडमिण्टन,म्याराथुन लगायतका दर्जन खेलकुद हुने गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।


अध्यक्ष शाहीका अनुसार गाँउपालिकामा अध्यक्ष कप गराउदा खेलाडीको छनौट पनि हुने र खेलाडीहरुमा मनोबलको बिकास हुने भएकोले पनि यो कपको आयोजना गरिएको बताए ।
गाँउपालिकाको अन्नपूर्ण माध्यामिक बिद्यालय सर्मिमा अध्यक्ष कपका सबै खेलकुद सञ्चालन गरिएको र प्रोत्साहान स्वरुप थोरै नगदको समेत ब्यवस्था भएको गाँउपालिकाको कार्यालयले जानकारी दिएको छ ।
गाँउपालिकामै खेलको सूरुवात गरेमा त्याहाँबाट छनौट भएको खेलाडीहरुले जिल्लामा मात्रै नभएर प्रदेश तथा राष्ट्रिय स्तरमा समेत प्रतिस्प्रधा गर्न सक्ने आसा राखेकोले पनि गाँउपालिकाले अध्यक्ष कपको आयोजना गरेको अध्यक्ष दत्तबहादुर शाहीको दावी रहेको छ ।


मुड्केचुलामा भै रहेको प्रथम अध्यक्ष कप २५ गते सम्म सञ्चालन हुने छ । डोल्पाका ८ स्थानीय तहमा नगरपालिका तथा गाँउपालिकामाहरु मध्य अध्यक्ष कप खेलकुद गर्ने पहिलो स्थानीय तह रहेको छ ।
डोल्पा जिल्लाबाट प्रदेश तथा राष्ट्रिय खेलकुदमा हाल सम्म मुड्केचुलाका खेलाडीहरुले नै गर्दै आएका छन । उनिहरुको मनोबल बढाइ राख्नका लागि पनि यो कपको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ ।