भदौ २२ डोल्पा÷ माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउपालिकाको धो तराप उपत्यकामा हुन लागेको डोल्पो महोत्सबको तयारी पूरा भएको छ ।
यहि २४ गते देखि २८ गते सम्म हुने डोल्पो महोत्सव तथा क्रिष्टल माउण्टेन बिद्यालयको रजत जयन्तीको लागि आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
डोल्पो महोत्सबमा धो तरापमा आउने सबै आगन्तुकका लागि बास तथा कार्यक्रमका लागि मञ्च र अन्य सबै ब्यवस्थापन पूरा भएको मुल आयोजक समितिका सँयोजक ग्याल्बो भोटे थापाले जानकारी दिए ।
बिश्वकै अग्लो मानव बस्ति रहेको डोल्पाको धो तराप उपत्यकामा पहिलो पटक हुन लागेको डोल्पो महोत्सवमा सहभागि हुन देशी तथा बिदेशी पाहुनाहरु दैनिक धो तरापमा गैरहेका छन ।
प्रतिकुल मौसमका बिचमा पनि देशका ठुला सञ्चार गृहका सँचारकर्मिहरु बिदेशी पाहुना स्वास्थ्य शिबिरमा टोली दैनिक यात्रा गरि रहेको यातायात ब्यबस्था समितिका सदस्य आङबहादुर लामाले जानकारी दिए ।
स्थानीय झाँकी,घोडादौड,तिर हान्ने,लामा नाच,च्याप्टो नाच लगायद दर्जनौ कार्यक्रमले मनोरञ्जन दिनुका साथै माथिल्लो डोल्पामा मात्र नभइ डोल्पाको पहिचान चिनाउन डोल्पो महोत्सब गरिएको आयोजकले जानकारी दिएको छ ।
२४ गते रक्षा मन्त्री इश्वर पोखरलले उद्धघाटन गर्ने र उक्त कार्यक्रममा पर्यटन राज्य मन्त्री धनबहादुर बुढा,कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहित समाजिक बिकास मन्त्री पर्यटन मन्त्री राष्ट्रिय योजना आयोगकका सचिव र अन्य थुप्रै अतिथिहरुको उपस्थिति रहेने आयोजकले जानकारी दिएको छ ।
महोत्सबकै लागि भनेर दुनैमा हेलीकप्टरको प्याकेज समेत राखिएको माउण्टेन यएरका सम्पर्क ब्यक्ति अर्जुन हिराचनले जानकारी दिए ।
महोत्सबको समय नजिकिदै गर्दा प्रचार प्रशारलाइ बिशेष प्राथमिकतामा राख्दै सबै क्षेत्रमा प्रचारप्रशारमा लागेको प्रचारप्रशार उपसमितिका सँयोजक बबिकिशोर गूरुङले जानकारी दिए ।