माथिल्लो डोल्पाका स्वास्थ्य चौकीमा पुग्दैन सरकारको औषधि

जैतुन अनलाइन | 2019-09-05

भादौ १९ डोल्पा : माथिल्लो डोल्पाका स्वास्थ्यचौकिमा हरेक बर्ष पुग्दैन औषधि । समयमा औषधि नपुग्ने र पुगेको पनि म्याद सकिएपछि पुग्ने गरेका स्थानीयको आरोप रहेको छ ।
शे–फोक्सुण्डो गाँउपालिकाको साल्दाङ स्वास्थ्यचौकी, भिजेर र फोक्सुण्डो, त्यसैगरि डोल्पोबुद्ध गाँउपालिकाको धो तराप र तिन्जे स्वास्थ्यचौकि र छार्काताङसोङ गाँउपालिकामा मुकोट र छार्का स्वास्थ्यचौकिमा हरेक बर्ष औषधी नपुग्ने गरहेको पाइएको छ ।
सामान्य र सबैले सहजै थाहा पाउने औषधि सिटामोल समेत स्वास्थ्यचौकि सम्म आइ नपुगेको भिजेरकी नर्स टासीबुटी लामाले दुख ब्यक्त गरिन । नर्स बुटी लामा भन्छीन सरकारले औषधि पुर्याए कर्मचारी नबसेपनि केहि फरक पर्दैन हामी उपचार गर्न सक्छौ ।
गत आर्थिक बर्षको औषधि खरिद गरेको र सबै स्वास्थ्य चौकीमा औषधि सके जति पुर्याएको र यस बर्ष खरिदको काम बाँकी रहेको शे–फोक्सुण्डो गाँउपालिका स्वास्थ्य प्रमुख रनबहादुर बुढाले दावी गरे ।

तस्वीर ः शे–फोक्सुण्डो गाँउपालिकाको २ मा रहेको काराङ हेल्थपोष्टमा गैरसरकारी सँस्थाले किनेर राखेको औषधि । टेकबहादुर शाही
सरकारले औषधि तिन आर्थिक बर्ष देखी नदिएको र गैरसरकारी सँस्थाले उपलब्ध गराएको औषिधिले नै बिरामीको उपचार गरि रहेको काराङका स्थानीय पेमाङोईजोर गूरुङले जानकारी दिए ।
स्वास्थ्य जस्तो महत्वपूर्र्ण कुरामा सरकारले ध्यान नदिएकोले माथिल्लो डोल्पाका बिरामी र महिलाहरुले निकै ठुलो समस्या भोगि रहेको स्थानीय आङमु क्याल्जेन गूरुङले दुखेसो पोखिन । उनि भन्छिन महिलाहरुले स्वास्थ्यबारे कुनै जानकारी पाउदैनन बिभिन्न रोगबाट ग्रसित छन भोटका महिलाहरु ।
माथिल्लो डोल्पाका सबै स्वास्थ्य चौकिहरुमा गैरसरकारी निकायका कर्मचारी र उनैले ब्यवस्था गरेको औषधि मात्रै पाउने गरेको छ ।
सँयितापछि औषधि खरिदको जिम्मा स्थानीय सरकारसँग रहेकोले स्थानीय सरकारलेनै खरिद गर्ने र जिल्लाबाट माग भएको खण्डमा स्वास्थ्य कार्यालयले ब्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय डोल्पाका स्टोरकीपर देबबहादुर बिसिले जानकारी दिए ।
बिसिका अनुसार तल्लो तहका सबै स्थानीयतहले माग गर्ने र आपुर्ति गरिरहेको तर माथिल्लो डोल्पको माग कमै रहेको र माग गरे अनुसार तत्तकाल प्रदान गरिने बताए ।
माथिल्लो डोल्पाका बालबालिकाहरुले समेत समयमा खोपहरु लगाउन नपाउने गरेको स्थानीय सोनामपुटी गूरुङले बताइन । उनका अनुसार समयमा कुनै खोप आउदैन सरकारनै छैन जस्तो भएको छ माथिल्लो डोल्पा ।
औषधि खरिद भै सकेको र खोप र औषधि सँगै लगेर जाने तयारी भै रहेको छार्का ताङसोङ गाँउपालिकाका स्वस्थ्य प्रमुख खड्गबहादुर बुढाले जानकारी दिए ।
कर्मचारी र जनप्रतिनिधिहरुले बिभिन्न बहानामा बनाएर बचाउ गरेपनि माथिल्लो डोल्पाका स्वास्थ्यचौकिमा औषधि भने प्रयाप्त मात्रामा नपुगेको तिन आर्थिक बर्ष भएको स्थानीयहरु बताउछन । तस्वीर ः शे–फोक्सुण्डो गाँउपालिकाको २ मा रहेको काराङ हेल्थपोष्टमा गैरसरकारी सँस्थाले किनेर राखेको औषधि । टेकबहादुर शाही