चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने

जैतुन अनलाइन | 2019-09-02

भदौ १६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।