धादिङको गल्छीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाइते (मृतक र घाइतेको नामसहित)

| 2019-06-21

काठमाडौं– धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन् । त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता अधिकारीको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । उनको शव अहिले शिब दर्शन अस्तपाल धार्केमा नै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । ११ जना घाईतेहरुलाई स्थानीहरुले उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौ की बैरेनीबाट प्रनानि को कमाण्डमा ६ जनाको टोली उद्धारमा खटिएको जनाइएको छ । घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर पठाईएको छ ।

गल्छी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएकाहरुः

गल्छी गापा–४ बस्ने बर्ष ६२ को विष्णु अधिकारी (अबस्था गम्भिर), गल्छी गापा–४ बस्ने बर्ष३५ की सुनिता मिजार (अबस्था गम्भिर), गल्छी गापा ४ बस्ने बर्ष २३ की सुजिता अधिकारी (अबस्था गम्भिर), गल्छी गापा–४ बस्ने बर्ष १५ को सन्तोष रम्तेल (अबस्था गम्भिर), गल्छी गापा– ४ बस्ने बर्ष ७० को कृष्ण सार्की (अबस्था गम्भिर), गल्छी गापा–४ बस्ने बर्ष २८ की रेनु भण्डारी (अबस्था गम्भिर), गल्छी गापा–४ बस्ने बर्ष ३५ को राम कृष्ण प्याकुरेल (अबस्था गम्भिर), हाल नाम थर वतन नखुलेको ३ जनाको (अबस्था गम्भिर) ।