‘द कपिल शर्मा शो’ मा सिद्धूको ‘कमब्याक’!

| 2019-05-09

भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बाट निकालिएका ‘सिद्धू पाजी’ अर्थात् पन्जावका मन्त्री नवजोत सिंह सिद्धू पुन: शोमा देखापर्ने भएका छन्।

एक कार्यक्रमका बीच कार्यक्रम प्रस्तोता कपिल शर्माले उनी शो मा आउने संकेत गरेका हुन्।

एक कार्यक्रममा उनले भनेका थिए, ‘चुनाव हुञ्जेल उनी शोमा आउने कुनै निश्चय छैन।’

तर चुनाव सकिएलगत्तै सिद्धूलाई शोमा भित्र्याइने तयारी थालिएको कपिल शर्मा टिमले जनाएको छ।

दैनिक भास्करले केही दिन अघि कार्यक्रमका प्रड्युसरले सही समय पर्खिरहेका र अर्चना पुरुन सिंहसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो। अर्चनासँगको सम्झौता अवधि २० शोलाई तय गरिएको थियो। यसबाट पनि के आंकलन गर्न सकिन्छ भने शोमा सिद्धू पाजीको कम ब्याक हुँदैछ।

तर अहिलेसम्म यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

कश्मिर पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण उनी विवादमा तानिएका थिए। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ‘द कपिल शर्मा शो’ बाट उनलाई निकालिएको थियो।

पुलवामा हमलाबारे के भनेका थिए सिद्धूले :

‘यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।’